Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज दोहाका सन्तोषलाई सम्मान तथा बिदाई

Published on 11:17:00 PM //


सुरेश बोहोरा/कुमार अबिरल
दोहा कतार, भदौ २० । गुल्मी सेवा समाज, दोहा कतारले आफ्नो कार्यसमिति सदस्य सन्तोष सगुनलाई सम्मान तथा बिदाई गरेको छ । गुल्मिको तम्घास १ नयाँ बजारका सन्तोष कतार नफर्कने गरि नेपाल जाँदै गर्दा उँहाले समाजलाई पुर्याउनु भएको योगदानको कदर गर्दै समाजले उनलाई बिदाइ तथा सम्मान गरेको हो । गत सेप्टेम्बर ०४ तारिखमा कतारको दोहा स्थित जैधा पार्कमा सम्पन्न बिदाई तथा सम्मान कार्यक्रम गर्दै गुल्मी सेवा समाज दोहा कतारले उहाँको उज्जल भबिष्यको कामनाका साथ सम्मान पत्र प्रदान गर्दै बिदाई गरेको हो ।
सम्मान पत्र सस्थांका अध्यक्ष श्री भानुभक्त सापकोटा (भरत) एवम प्रमुख सल्लाहकार श्री दोर्ण ब.बस्नेतले हस्तान्तरण गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा पत्रकार, बुद्दिजिबी सहित गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री  दोर्ण ब.बस्नेतले उँहाले छोटो समयमा धेरै सहयोग गरेको र आगामी दिनहरुमा पनि समाजलाई नेपालबाट निरन्तर सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो । साथै नेपालमा जनचेतना मुलक कार्यक्रम संचालनको जिम्मा लगाउदै उहाँको उज्जल भबिस्यको कामना गर्दै शुभकामना दिनुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग