Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सैनिकले आफ्नै श्रीमती र छोरीको घनले हानेर हत्या गरे (भिडियो समाचार)

Published on 9:20:00 PM //

खलङ्गा (बैतडी), असोज २४ । भैरव गण दिपायलमा कार्यरत एक सैनिक जवानले आफ्नै श्रीमती र छोरीको विभत्स हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । कञ्चनपुरको कृष्णपुर–५ गुलरिया घर भएको सैनिक जनाव चन्द्रबहादुर ऐरीले बैतडी खोड्पे ल्याएर आफ्नै २४ वर्षीया श्रीमती धनसरा ऐरी र चार वर्षीया छोरी सरस्वतीको हत्या गरेको पुष्टि भएको छ ।
आफू अछाममा कार्यरत भएको त्यही लैजान्छु भन्दै झुक्याएर गत भदौ २८ गते बैतडी खोड्पे पु¥याएको र त्यहाँबाट १५ मिनट हिडाएर पूर्वतर्फको जङ्गलमा पु¥याई हतौडाले हिर्काएर हत्या गरेको बैतडीका प्रहरी प्रमुख विष्णुबहादुर कार्कीले बताउनुभयो । “आमाछोरीको हत्या गरिसकेपछि काँसले बेरेर आगो लगाई शरीर डढाइदिएको अनुसन्धानबाट खुलेको छ” बैतडीका प्रहरी प्रमुख कार्कीले भन्नुभयो । सैनिक जवान ऐरीले भदौ २७ गतेदेखि असोज २ गतेसम्मको बिदा लिए पनि ३० गते नै गणमा हाजिर भएको खुलेको छ । उनलाई यही असोज ५ गते दिपायलस्थित उनी कार्यरत ब्यारेकबाटै प्रहरीले पक्राउ गरेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग