Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा यात्रा गर्दै हुनुहुन्छ? मापसे नगर्नुहोला !

Published on 9:40:00 PM //


प्रेम सुनार
गुल्मी, असोज २३ । तपाइँ गुल्मी जिल्लामा यात्रा गर्दै हुनुहुन्छ भने अव ख्याल गर्नुहोस – चालक जस्तै मापसे (मादक पदार्थ सेवन) कार्वाहीमा पर्नुहोला ।
जिल्ला प्रशासनले दँशै तिहारलाई मध्यनजर गरी जारी गरेको सुरक्षा व्याबस्थालाई प्रहरीले कार्यान्वयन गर्ने क्रममा चालकलाई मात्र होईन पुरै यात्रुलाई समेत मापसे चेक गर्न शुरु गरेको छ । यही क्रममा आजै प्रहरीले विभीन्न यातायातमा सवार ८ जनालाई मदिरा सेवन गरेबापत नियन्त्रणमा लिएको छ । प्रहरीको भाषामा मिगरस चेकिङ्ग अर्थात सम्पूर्ण सवारीसाधन, मानिस र शंका लागेका सबैखाले अनुसन्धान गर्ने क्रममा ८ जनालाई नियन्त्रणमा लिई भोली प्रशासनलाई बुझाईने प्रहरी नायव निरीक्षक परशुराम जोसीले बताए । "आजदेखि हामीले प्रमुख नाका र छड्के चेक जुनसुकै स्थानमा पुगेर पनि चालक यात्रु सवैलाई मापसे चेक गर्दछाँ, सेवन गरेको पाईए नियन्त्रणमा लिएर आवस्यक कार्वाही गरीने छ", उनले भने ।
केहीदिन पहिला बढ्दो दुर्घटनालाई न्यूनिकरण सम्बन्धमा बसको समिक्षा बैठकले पनि चालकको लापर्वाहीले मात्र दुर्घटना नहुने निचोड निकालेको थियो । यात्रुहरु चालकदललाई कुटेर पनि आफै छतमा गएर बस्ने । क्षमता छैन नचड्नुस भन्दा पनि दादागिरी देखाएर चालक दललाई दवाव दिने गुनासो आएपछि यस्तो अभियान शुरु गरीएको प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग