Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बलात्कार रोक्न केटीहरुलाई छिटो बिहे गरिदिन सुझाव

Published on 10:01:00 PM //


चण्डिगढ, असोज २४ (एजेन्सी)- भारतीय नेसनल लोकदलका अध्यक्ष ओमप्रकाश चौटालाले बलात्कार रोक्न केटीहरुलाई छिटो बिहे गरिदिनु पर्ने सुझाव दिएका छन्। नवभारत टाइम्सका अनुसार उनले १५ वर्ष मै किशोरीहरुको बिहे गर्नुपर्ने सुझावलाई समर्थन गर्दै भाषण गरेका हुन्।
राज्यमा बलात्कारको घटना बढ्दै गरेको त्यसलाई रोक्न सरकार विफल भएको अवस्थामा १५ वर्षमा बिहे गर्नु सही भएको उनको तर्क थियो।

हरियाणा राज्यमा बलात्कारको घटना बढेपछि गाउँ पञ्चायतहरुले विवाहका लागि तय गरिएको उमेरको सीमा हटाएर १५ वर्षमै बिहे गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरुका अनुसार छिटै बिहे गरिए केटाकेटीहरुमा विचलन आउँदैन र दुष्कर्मको घटनामा कमि आउँछ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग