मुटु दिवसमा विरामीलाई फलफूल
Published on
10:52:00 AM //
प्रेम सुनार
गुल्मी, १५ असोज । विश्व मुटु दिवसको अवसरममा राष्ट्रिय हृदय रोग निवारण केन्द्र गुल्मीले जिल्लाका विभीन्न अस्पत्तालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । मुटु दिवसको अवसरमा मुटु र यसको महत्वको बारेमा जानकारी दिँदै विरामीलाई फलफूत वितरण गरीएको हो ।

कार्यक्रममा राष्ट्रिय हृदय रोग निवारण केन्द्र गुल्मीका अध्यक्ष शेर बहादुर थापाले अहिले धुमपान, मध्यपानको सेवन तथा खानपिनमा ध्यान नदिनाले हृदयघातको क्रम बढेको भन्दै मुटु बचाउने अभियानमा लाग्न सबैलाई अनुरोध गर्नुभएको थियो । संस्थाका सचिव तारा प्रसाद भुसालले संस्थाले गरीव र विपन्न विरामीहरुलाई मुटुको समस्या देखिएमा संस्थाले उपचारका लागी सहयोग गर्ने बताउनुभएको थियो ।