Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इलाममा गएको पहिरोमा परी ६ जनाको मृत्यु, ८ बेपत्ता (भिडियो सहित)

Published on 8:13:00 PM //


इलाम, १५ असोज। मेची राजमार्गअन्तर्ग इलामको हर्कटे–हाँसपोखरी खण्डमा गएराती दर्जनौं स्थानमा पहिरो जाँदा बेपत्ता भएका १४ जना मध्ये ६ जनाको शव भेटिएको छ । पहिरोमा पुरीएका चौध मध्ये अरु आठ जना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा सात जना भारतीय नागरिक र एक नेपाली रहेको बुझिएको छ ।
मृतक छमध्ये एक जनाको पहिचान भएको छ । फिक्कल–६ बस्ने सरर प्रधानको पहिचान हुन सकेको छ । बाँकी पाँच मृतकमध्ये दुईको सग्लो शरीर भेटिएको  र अन्यको हात, खुट्टा उछिट्टिएको र आन्द्रा भुँडी निस्किएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी बेपत्ता हुनेमा मे१च १२५६ नम्बरको कारमा सवार भारतको दार्जिलिङ बस्ने ४० वर्षीय दावा शेर्पा, ३४ वर्षीय छोटेन भुटिया, ३२ वर्षीया आरती शेर्पा, १५ वर्षीय छिरिङकेसाङ शेर्पा, विश्वराज मुखिया, ३५ वर्षीय नागेल भुटिया, सात वर्षीय याङ्गिला शेर्पा र कारचालक पशुपतिनगर इलाम बस्ने अजित यलमो रहेको इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिनुभयो ।
पहिरो गएको स्थलमा हजारौं फिटमुनि खाडल रहेको र त्यहाँबाट विरिङ खोला बग्ने भएकाले शवहरु बगेको हुनसक्ने अनुमान गर्न थालिएको छ । सोही खोला भएर बगेका एउटा शव आज झापाको घैलाडुब्बा –९ मा फेला परेको छ ।
। पहिरोमा परी मे १ च २६१९ नम्बरको पिक अपबाट फिक्कल ५ का रवि गुप्ता हराएका छन । को १ ख १६१३ नम्वरको सवारी साधनवाट १७ वर्षिय सुरज तामाङ बेपत्ता भएका छन् ।
त्यस्तै मे १ च ११९६ नम्बरको सवारी साधन पहिरोमा अड्केको र यात्रुहरुलाई सकुशल उद्धार गरिएको छ । पहिरोमा परी घाइते भएका मे १ च ११९१ नम्वरको अल्ट्रोमा ३५ वर्षिय सुवास प्रधान, ३५ वर्षकै पदम प्रधान र ३० वर्षिय मन्दिरा प्रधान बेपत्ता भएका छन् ।
त्यस्तै पहिरोकै कारण मे १ ज १२५६ को सवारी साधनबाट दावा शेर्पा, चालक अन्जित थेम्मु, छोटेन भुटिया, आरती शेर्पा, छिरिङ केसाङ शेर्पा, विशवराज मुखिया, नाङ्गेल भुटिया र थाङ्गेल भुटिया बेपत्ता भएका छन् ।
यसैबीच पहिले बबगाएर विरीङ्ग खोलामा एकजनाको शव फेला परेको बताइएको छ । शव त्यही पहिरोले बगाएर लगेको हुनसक्ने प्रहरीले बताएको छ । अवरुद्ध सडक हटाउने काम भइरहेकाले केहीबेरमा यातायात सुचारु हुने प्रहरी निरीक्षक बास्तोलाले जानकारी दिनुभयो । उद्धार कार्य अहिले पनि जारी रहेको छ । बेपत्ता भएका व्यक्तिको खोजी कार्य निरन्तर जारी रहने प्रजिअ खतिवडाले बताउनु भयो ।
यसैबीच, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनताको सहयोगमा सडकमा रहेका लेदो र ढुङ्गा हटाएर आज मध्याह्नदेखि यातायात सञ्चालन गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग