Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओबादी सिमिचौरमा पाण्डे, रेसुङ्गा ब. क्याम्पस क्रान्तिकारीमा घिमिरे

Published on 9:13:00 PM //



प्रेम सुनार
गुल्मी, असौज १९ । एकिकृत नेकपा माओवादी गुल्मीको सिमिचौर गाउँ कमिटीको सम्मेलन आज सम्पन्न भएको छ । सम्मेलनले तोमलाल पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । पाण्डेको नेतृत्वमा १५ सदस्यीय सिमिचौर गाउँ कमिटी गठन भएको हो ।
कमिटीको सचिवमा झविन्द्रनाथ शर्मा ्पनि सर्वसम्मत चयन भएको क्रान्तिकारी पत्रकार संघका सदस्य मदन पन्थीले बताउनु भयो । सम्मेलनको उद्घाटन एकीकृत नेकपा माओवादी २ नम्वर क्षेत्रिय कमिटी संयोजक अशोक थापाले गर्न भएको थियो ।
सिमिचौरको थालेमाले स्थित निर्माणधिन रेसुङ्गा विमान स्थलमा सम्पन्न कार्यक्रममा विमानस्थल निर्माण समिति सचिव समेत रहेका प्रमुख अतिथी अशोक थापाले उक्त विमानस्थल निर्माणमा आफ्नो पार्टीले अगुवाई गरेको दावी गरेका थिए । अलपत्र विमानस्थलको निर्माण सुचारु भएको छ थापाले भन्नुभयो । अन्य राजनितिदल संग सहकार्य गर्दै विमानस्थल सम्पन्न गर्न सिमीचौरवासी एक हुनु पर्ने जोड दिनु भयो ।
कार्यक्रममा ८ नम्वर ईलाका ईन्चार्ज मनिराम ज्ञवाली , क्रान्तिकारी पत्रकार संघका जिल्ला सदस्य मदन पन्थी लगाएतले मन्तव्य राखेका थिए । एकिकृत नेकपा माओवादीका इलाका सदस्य तुलबहादुर कुँवरको अध्यक्षमा सम्पन्न कायक्रमको सञ्चालन झविन्द्रनाथ शर्माले गर्नु भएको थियो ।


रेसुङ्गा क्याम्पसमा क्रान्तिकारीको नेतृत्व घिमिरेमा

एनेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घास गुल्मीमा बृहत बिद्यार्थी भेलाद्धारा ६१ सदस्यीय मुल इकाई समिति गठन भएको छ ।
भेलाबाट रेसुङ्गा क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत राजन घिमिरे अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा पार्वती भट्टराई, कृष्ण सिंजाली, कमल खनाल, नवराज खरेल, सचिवमा प्रकाश चालिसे, सह–सचिवमा भरत खनाल, डाँसिराम खनाल, दिपा पन्थी, छविलाल पन्थ र कोषाध्यक्षमा शिवराज जी.सी रहेका छन ।
भेलालाई सम्वोधन गर्दै संगठनका केन्द्रिय सदस्य यदु ज्ञवालीले संगठनको वर्तमान अवस्था, महत्व, जिम्मेवारी र चुनौतीको वारेमा स्पष्ट पारेका थिए । साथै संगठनका जिल्ला अध्यक्ष घनश्याम खरेलले जिल्लाभरका विद्यार्थीमा भएका समस्या, अबका कार्यनीति र रेसुङ्गा क्याम्पसमा विद्यार्थीले गर्नु पर्ने भूमिकाका बारेमा बतएका थिए । भेलामा सोही संगठनका जिल्ला सचिव कमल पन्थी, सदस्य चुरामणी मरासिनी लगायतको उपस्थिती रहेको थियो ।
साथै कार्यक्रममा एमाले निकट अनेरास्ववियूमा लामो समयसम्म विभिन्न जिम्मेवार पदमा रही काम गर्दै आएका लालमणी आचार्यले अनेरास्ववियू परित्याग गरि अनेरास्ववियू (क्रान्तिकारी ) मा प्रवेश गरेका छन । आचार्यले विद्यार्थीलाई अधिकारमुखी बनाउन, विद्यार्थीका हक-हित सुनिश्चित गर्न र शैक्षिक परिवर्तन गर्नका लागी अनेरास्ववियू (क्रान्तिकारी ) मा मात्र सम्भव भएको भन्दै आफूले लामो समयसम्म एमालेको विभिन्न विभागमा रहि काम गरेपनि त्यसबाट केही गर्न नसकिएको जिकिर गर्दै आफूले पाटी परित्याग गरेको बताएका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग