Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नयाँगाउँमा आधारभुत मानवअधिकार तालिम सुरु

Published on 9:17:00 PM //


नरेश भण्डारी
गुल्मी, असौज १९ । अनौपचारिक क्षेत्र सेवा इन्सेक(इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा ०६९ असौज १९ गते तिन दिने आधारभुत मानवअधिकार तालिम नयाँगाउँ गाविसमा सुरु भयो । सामुदायिक संस्थाका सदस्यहरुलाई मानवअधिकारका आधारभुत विषय वस्तुको ज्ञान दिलाई गाविसको मानवअधिकार प्रवद्धनमा टेवा पु¥याउने उद्देश्यले आयोजित तलिममा मानवअधिकार, मानवअधिकार उल्लंघन, ज्यादती तथा अपराध, महिला तथा बाल अधिकार, नेतृत्वकला र समूह संचालन गर्ने तरिका, गाविसको सुशासन र विकासका सवालहरु एवं मानवअधिकार रक्षकको अधिकार र दायित्व लगायतका विषय समेटिने इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालले जानकारी दिए ।
सामुदायिक संस्थाकी राधिका पोखेलको अध्यक्षतामा सम्पन्न पहिलो दिनको कक्षमा मानवअधिकारका विषय वस्तु मानवअधिकार उल्लंघन, ज्यादती तथा अपराध विषयमा इन्सेक जिल्ला प्रतिनिध नरेश भण्डारी र सहजकर्ता शान्ता पोखरेलले प्रशिक्षण सञ्चालन गरे ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग