Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै परिवारका ५ जनालाई मृत्युदण्ड

Published on 8:55:00 PM //


१९ असोज, काठमाडौं । भारतको दिल्लीस्थित एक अदालतले एक जोडीको हत्याकाण्डमा एकै परिवारका ५ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ ।
दिल्लीस्थित स्वरुपनगरमा सन् २०१० मा योगेश र आशाको हत्या भएको थियो । एक अर्कालाई प्रेम गर्ने उनीहरुको जात फरक थियो र उनीहरुको प्रेमलाई आशाको परिवारले स्वीकार गरेको थिएन ।
आशाको परिवारले योगशलाई उनको काकाको घरमा बोलाएर कुटपिट गर्नुका साथै केरेन्ट लगाएका थिए । जसका कारण योगेशको मृत्यु भयो । अदालतले आशाको आमा-बाबु, काका-काकी र भाईलाई मृत्युदण्डको फैसला सुनाएको हो ।उनीहरु सबैलाई घटनालगतै प्रहरीले गिरफ्तार गरेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग