Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्माणमा ब्यवसायी संघ पुनः न्यौपाने

Published on 3:05:00 PM //


प्रेम सुनार
गुल्मी, असौज २७ । निर्माण ब्यवसायी संघ गुल्मीको चौथो अधिवेशनबाट अध्यक्ष पदमा पुनः हरिप्रसाद न्यौपाने नै निर्विरोध चयन भएका छन् । हिजोदेखि सदरमुकाम तम्घासमा चलेको अधिवेशनले घोषण सभा गरी नव निर्वाचित अध्यक्ष सहित कार्यसमितिको घोषणा गरेको हो । नेपाली कांग्रेस गुल्मीका कोषाध्यक्ष समेत रहेका न्यौपाने जिल्लमा माथील्ला तहको प्रतिष्ठीत निर्माण ब्यसायीमा गनिन्छन् । अध्यक्ष पदको दावेदार पुर्व उपाध्यक्ष गणेशबहादुर तङनामी रहे पनि ब्यवसायीहरुको ठुलो हिस्साले न्यौपानेलाई नै चयन गर्न माग गरेपछि सहमतिमा अध्यक्ष न्यौपाने भएका हुन ।
पुर्व उपाध्यक्ष तङनामीलाई वरिष्ठ उपाध्यक्ष, नयाँ अनुहारका रुपमा उपाध्यक्ष मनिराम थापा, पुर्व सचिव नारायण पोखरेललाई महासचिव, पुर्व सहसचिव हरिकुमार श्रेष्ठ सचिव र पितम्वर काउछा (प्रितम) पनि पुनः कोषाध्यक्ष पदमा चयन भएका छन् ।
समितीमा एक मात्र महिला निर्माण ब्यवसायी केशरी भण्डारीले महिला समावेसी वनाएकी छन् । जिल्लामा उनि एक मात्र महिला निर्माण ब्यवसायी भएको र अव तिन जना महिला हुने संघले जनाएको छ । अन्य सदस्यहरुमा रणबहादुर राना, मेघराज थापा, टिकाजित बुढाथोकी, ओमबहादुर केसी सहित ११ सदस्यीय जिल्ला कार्य समिति बनेको छ । नव गठित कार्य समितिलाई घोषण सभाका प्रमुख अतिथी संघका पुर्व क्षेत्रिय उपाध्यक्ष बालसिंह काउछाले सपथ खुवाएका थिए । काउछाले गुल्मेली निर्माण ब्यवसायि इमान्दार र पेशा प्रति निष्ठावान भई यो पेशालाई प्रतिष्ठित पेशाका रुपमा अगाडी बढाउन आग्रह गरेका थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष तङनामीले पछाडी परेका साना ब्यवसायीलाई माथी उठाउने प्रबिद्धता जाहेर गरेका थिए । अध्यक्ष न्यौपानेले स्वस्थ प्रतिस्पर्धामा जोड दिने, कुनै कार्यालयले कमिशनको वार्गेनिङ्ग गरे आफैले पहिला त्यो कार्यालयको ताला लगाई दिने र आगमी पाँचौ अधिवेशन संघको कार्यालय सभाहल मै गर्ने प्रतिबद्धता जनाए ।
उनले भने –घडेरी खरिद गरेका छौं , आफुहरुको् कार्यकालमा भवन बनाएरै छाड्छौ र पाँचौ अधिबेशन आफ्नै भवनको सभा हलमा गर्ने छौ । ’
कार्य समितिले पुर्व अध्यक्ष विष्णुप्रसाद पन्थीलाई वरिष्ठ सल्लाहकारम चयन गरेको छ भने ३ जना सदस्य मनेमयन गर्ने जनाएको छ ।
संघले पत्रकारलाईं वर्षेनी पुरुष्कृत गर्ने संघको नव कार्य समितीले अबदेखि जिल्लाका पत्रकारहरु मध्ये उत्कृष्ठ एक जनालाई बर्षेनी पुरष्कृत गर्ने भएको छ । साथै उसले भविष्यमा एक लाख दिने गरी यसै वर्षदेखि रु ५० हजारको अक्ष्यकोष स्थापना गरी पत्रकारहरुको विकास गर्ने घोषण समेत गरेको छ । पत्रकार महासंघमा स्थापना गर्ने कोषले पत्रकारहरुको पेशालाई टेवा पुग्ने आशा गरिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग