Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्राद्द गराएर फर्कदै गर्दा मृत्यु

Published on 11:58:00 PM //


गुल्मीको दरवारदेविस्थान गाविसमा एक व्याक्ति मृत अवस्थामा फेला परेका छन् । दरवारदेविस्थान गाविस वार्ड नं. १ वस्ने वर्ष ६३ का मनिराम अर्याल सोही गाविसको वार्ड नं. २ स्थित कुविन्डे भन्ने स्थानमा सडकको किनारामा मृत फेला परेका थिए । शव फेला परेको खवर पाउनासाथ जिल्ला प्रहरी कार्यालयवाट जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले सहितको टोली घटना स्थलमा पुगी अनुसन्धान गरेको थियो। मुटुको विरामी रहेका अर्यालको केही समय पहिले मुटुको अपरेशन गरिएको पारिवारीक श्रोतले जनाएको छ । विरवास गाविसको वार्ड नं. २ अरलीखर्क भन्ने स्थानमा एक व्याक्तिको घरमा श्राद्ध गराई फर्किने क्रममा उकालो वाटो हिडेका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक अर्यालको झोलामा चामल, केरा लगायतका खाद्य वस्तुहरु भेटिएको छ। अर्यालको शवलाई पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल तमघास ल्याइएको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग