Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओखलढुंगामा एक महिलाले तिम्ल्याहा जन्माईन (भिडियो सहित)

Published on 8:16:00 PM //

सामुदायिक मिसन अस्पतालमा पहिलोपटक शनिबार यहाँ एक महिलाले तिम्ल्याहा जन्माएकी छन् । अस्पतालमा हजारौंले बच्चा जन्माइसकेको भए पनि नेपाल प्रहरीमा कार्यरत जवान कलावती भट्ट अम्गाईँले पहिलोपटक तिम्ल्याहा जन्माएकी हुन् । शल्यक्रिया गरी निकालिएको उनका २ छोरा र १ छोरी स्वस्थ रहेको चिकित्सकले बताए । ‘सामान्यतया एक किलोभन्दा माथिको बच्चा मर्ने खतरा कम हुन्छ,’ डा. निरेश थापामगरले भने, ‘आमाको स्वास्थ्यमा अलि समस्या भए पनि खतरा स्थिति छैन ।’ सोलुको नेचा इलाका प्रहरीमा कार्यरत कलावतीका श्रीमान् रञ्जन अम्गाईंसमेत सोही इलाकामा प्रहरी हवल्दार छन् । उनीहरूको स्थायी ठेगाना ताकुकोट २ गोरखा हो । ‘तिम्ल्याहा थियो भन्ने त सोचेको पनि थिएनौँ,’ श्रीमान् रञ्जनले भने, ‘अहिले शल्यक्रिया गर्ने बेला एक्कासि भिडियो एक्सरेमा तिम्ल्याहा भएको थाहा भयो । आमा बच्चा सबैलाई राम्रो भएमा त खुसी नै छु ।’ आमा कलावती हाल २३ वर्षकी भइन् । चिकित्सकका अनुसार तिम्ल्याहा कुल जनसंख्याको ६ हजार ४ सयमध्ये एकले जन्माउने गर्छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग