Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी प्रहरीले थप २३ फूटपाथ पसल हटायो

Published on 9:19:00 PM //


प्रेम सुनार
गुल्मी, १८ असोज । सदरमुकाम तम्घासमा हिँजोदेखि शुरु गरेको फूटपाथ पसल हटाउ अभियानको दोश्रो दिन बिहीवार प्रहरीले २३ जना फूटपाथ पसलेहरुलाई हटाएको छ । प्रहरी निरीक्षक हेम बहादुर केसीको नेतृत्वमा पुगेको प्रहरी टोलीसंग उद्योग वाणिज्य संघ र तम्घास गाविसका प्रतिनिधीहरु सहभागी टोलीले यसरी फूटपाथ पसल हटाएको हो ।
तम्घास बसपार्क हुँदै उपल्लोतम्घास, देउराली, भगवती मन्दिर र खानीगाउँ क्षेत्रका फूटपाथ पसल हटाईएको प्रहरीनिरीक्षक केसीले जानकारी दिए । प्रहरीले ठूला पसलेहरुका घर अगाडी सडकपेटीमा राखेका सामाग्री भने हटाउन नसकेको र फूटपाथका गरीवलाई मात्र हटाएको गुनासो आएको छ ।
जहिले दँशै आउँछ मारमा तिनै फूटपाथे पर्ने तर करौँडौको व्यापार गर्नेहरुलाई भने नछुने प्रशासनको यो प्रबृत्तिविरुद्ध दिनभरी काम गरेर साँझको जोहो गर्ने जनता आक्रोशित बनेका छन् ।

अघिल्लो दिन बुधवार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरक्षक देवानन्द उपाध्यायको नेतृत्वमा खटिएको टोलीले लाकुँरी मञ्चदेखि एसविआई बैक हुँदै पुतली वजार सम्मका ४० वटा भन्दा बढी फुटपाथका पसलहरु हटाईएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग