Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जथाभावी बिज्ञापन नबजाउ, प्रशासनले कारवाही गर्ला

Published on 9:31:00 PM //


प्रेम सुनार
गुल्मी, असोज १८ । ‘सयौँ जनालाई रोजगारको अवसर, २५ हजारमा विदेशमा सयर,’ यो हो गुल्मीका स्थानीय रेडियोहरुमा वज्ने विज्ञापन । त्यस्तै ‘मैनवत्ति तालिमसँगै रोजगारको अवसर, घरमै बसेर राम्रो आम्दानी’,  यो विज्ञापनले जिल्लाका दुई दर्जन वढि महिलाहरुको लाखाँै रकम चुर्लुम्मै डुव्यो, रोजगारदाता भाग्यो ।
को हो, के हो ? त्यसको वैधानिकता र विश्वासनियता नखोज्नु, रकम आएपछि घन्काई हाल्ने भएका कारण प्रशासनले यतिवेला वल्ल अंकुश लगाउन थालेको छ ।
प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालद्धारा जारी विज्ञापन प्रशारण सम्वन्धि पत्रमा पाँच वुँदे स्थानीय सञ्चारमाध्यमको ध्यानआकर्षण गराईएको छ ।
जसमा विज्ञापनको भाषगत पक्षलाई ध्यान दिनुपर्ने, विज्ञापन आकर्षकका नाममा समाजमा पर्ने नकारात्मक सन्देशमा सचेत हुनुपर्ने, विज्ञापनदाताको आधिकारिकता र प्रशारित हुने विषय वस्तुका प्रमाणित गराउनुपर्ने, विज्ञापनदाताको स्थायी ठेगाना, सम्पर्क नं. व्यापार गरेको स्थान र घरधनीसँग भएको घर भाडा सम्झौता समेत यकिन गर्नुपर्ने लगायतका मापदण्डमा रही विज्ञापन प्रशारण गर्नुपर्ने प्रशासनको आग्रह छ । उल्लेखित मापदण्ड पुरा नगरेको पाईए प्रशासनको ध्यानआकर्षण हुने र सम्वन्धित विज्ञापनदाता ठगीको सुचीमा पर्न सक्ने प्रशासनको चेतावनी छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग