Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अरिङ्गालले टोकेर २ वालिकाको मृत्यु, तीन घाईते

Published on 9:05:00 PM //


जनार्दन घिमिरे
गुल्मी, १ कार्तिक । अरिङ्गालले टोकेर गुल्मीको हस्तीचौर गाविसमा दुई वालिकाको ज्यान गएको छ । अरिङ्गालले टोकेर हस्तीचौर ७ रातचौर निवासी कुलवहादर कुमालकी छोरी वर्ष १० की कृष्णा कुमाल र रेनवहादुर कुमालकी छोरी वर्ष ४ सजिना कुमालको ज्यान गएको हो । सजिनाको उपचारका लागि जिल्ला अस्पताल तमघास ल्याउँदै गर्दा वाटोमै ज्यान गएको थियो भने कृष्णाको भने जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पातर्फ लैजाने क्रममा वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अरिङ्गालको टोकाईवाट गम्भिर घाईते भएका कुलवहादुर कुमालकी अर्की छोरी वर्ष ३ की कुस्मा कुमालको भने थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ । अन्य घाईते रेनवहादुर कुमालकी श्रीमति सरस्वती कुमाल र उनकी ११ महिनाको छोरा रञ्जित कुमालको भने जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको जिल्ला छ । ख¥यानमा अम्वा टिप्न गएका वखत अरिङ्गालले उनीहरुलाई टोकेको पारिवारीक श्रोतले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग