Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा गत एक महिनामा ५० करोड भन्दा बढी रेमिट्यान्स भित्रियो

Published on 9:18:00 PM //


प्रेम सुनार
कार्तिक १, गुल्मी । दशैको लागि असोज १ गतेदेखि हिजोसम्म १ महिनाको अवधिमा विभिन्न मुलुकबाट ५० करोड भन्दा बढी रकम रेमिट्यान्सको रुपमा गुल्मी भित्रिएको छ । निजी क्षेत्रबाट सन्चालित गुल्मीको पहिलो वित्तिय संस्था रेसुङ्गा विकास वैंकको प्रधानकार्यालय तम्घास र यसका ६ वटै शाखामा २३ करोड ६० लाख हिजोसम्म रेमिट्यान्स भित्रियो बैंकका प्रमुख कार्यकारी अधिकृत सार्जन भट्टराईले भने ’ शुक्रबार सम्म २५ करोड भन्दा बढी भित्रिने देखिन्छ । ’

सो रकम पठाउने संख्या झन्डै ५ हजार जना रहेको र प्राय धेरै जसो खाडी मुलकबाट रहेको उनले बताए । जिल्लाको पुरानो रेमिट्यान्स कारोबार गर्ने संस्था सेन्चुरी ईन्टरनेशनल तम्घास लाँकुरी मञ्चले असौज १ गतेदखि आज साँझसम्म ११ करोड ३७ लाख ३० हजार रेमिट्यान्स भित्रिएको संचालक तेजेन्द्रकुमार श्रेष्ठले बताए ।
जिल्लाको अर्को दोश्रो ठुलो वित्तीय संस्था गुल्मी विकास बैंक तम्घासमा असौज १ गतेदेखि हिजोसम्म ७ करोड ९ लाख ५९ हजार भित्रिएको प्रवन्धक चिरञ्जीवी शर्मााले बताए । राष्ट्रिय बाणीज्य बैकमा सवा २ करोड भित्रिएको शाखा प्रवन्धक झपटबहादुर रानाभाटले जानकारी  दिए । प्रवन्धक सन्तोष रायमाझीले दिएको जानकारी अनुसार दशैं भित्रिए लगत्तै काष्ठमण्डप डेभलपमेण्ट बैँक रिडी शाखामा २ करोड रेमिट्यान्स भित्रिएको छ ।
एसविआई बैक तम्घास शाखामा भारतबाट मासिक सरदर ७० लाख भारतिय अवकास प्राप्त सेनाको पेन्सन समेत र अन्य गरी यस महिनामा २ करोड रेमिट्स भित्रिएको छ । खातमा सिधै रकम आउँछ प्रबन्धक सुदिप खड्काले भने हामीसंग एकिन डाटा नभएपछि यो डाटा केन्द्रसंग मागेर दिँदैछु । हिमाल रेमिट तम्घास भिमचोककी प्रबन्धककी यमकला पाण्डेले दिएको जानकारी अनुसार उक्त रेमिटमा १ करोड १ लाख ३१ ह्जार ८ सय ५० रकम भित्रिएको छ । गत वर्षबाट मात्र तम्घासमा कारोवार सुरु गरेका फेवा फाईनान्स, भृकुटी विकास बैक, बैंक अफ काठमाण्डौले पनि गत असौज महिनामा ५० लाख भन्दा बढी रेमिट्यान्स भित्राएका छन् । फेवामा असौज १ गतेदेखि हिजोसम्म ६० लाख १९ हजार ८ सय भित्रिएको शाखा प्रबन्धक कालिदास पाण्डेले जानकारी दिए । भृकुटीमा करिव १ करोड भित्रिएको शाखा प्रवन्धक भुवन पाण्डेले बताए ।
बैक अफ काठमाण्डौमा ७० लाख भित्रिएको शाखा प्रबन्धक विमल श्रेष्ठ बताउँछन । सवै जोड्दा गुल्मीमा गत एक महिनामा कुल ५० करोड २३ लाख २० हजार ८ सय ५० रुपैया हुन आउँछ । यसका अलवा गुल्मी घर भई अन्य जिल्लाका वित्तिय संस्थाबाट पनि रेमिट भुक्तानी लिनेहरु छन् । त्यस्तै मानिसहरु घर आउँदा साथी भाई संग हस्ते रकम पठाउने रकमलाई आँकलन गर्दा दशै तिहारमा झण्डै एक अरव रेमिट गुल्मीमा भित्रिने देखिएको छ । धेरै जसो रेमिट खाडी मुलुकबाटैै भित्रिएको वित्तिय संस्थाहरु बताउँ छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग