Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बडिघाड खोलाले बगाएर एक यवतीको मृत्यु

Published on 9:00:00 PM //


कविता घर्ती मगर (रेडियो परिबर्तन)
बाग्लुङ, कार्तिक १ बागलुङ जिल्लाको बुर्तिबाङमा आज खोलाले बगाएर एक युवतीको मृत्यु भएको छ ।
दिउँसो करिब ४ बजे तिर नुहाउन गएको अवस्थामा स्थानिय ३५ बर्षिय गिता महतको बडिगाड खोलाले बगाएर मृत्यु भएको हो । नुहाउँदै गर्दा खोलाले बगाएको जानकारी पाउनासाथ स्थानियबासी तथा बुर्तिबाङ ईलाका प्रहरी कार्यालयको सहयोगमा उद्धार गर्दा उनि जिउँदै रहेको आशंका भएपछि तुरुन्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई पु¥याँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
पहिलै देखि नै छारे रोगकी बिरामी महतलाई अचानक खोलामा बेहोस भएपछि बगाएको बताइएको छ । मृतक महत आफ्नै बाबा आमा तथा दाजु भाउजुसंग बस्दै आएकी थिइन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग