Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हालत खराव छ गुल्मीका शिक्षकहरुको ।

Published on 9:16:00 PM //


-विशाल भट्टराई
गुल्मी, ३ कात्तिक । शिक्षा कार्यालयले एक दर्जनभन्दा बढी विद्यालयको तलब रोक्का गरेको छ । पृथ्वी उच्चमाध्यमिक विद्यालय पुर्कोटदह, ठूलो लुम्पेकस्थित लक्ष्मीपुर माध्यमिक विद्यालयको निकासा रोकिएको हो । पृथ्वी उच्चमाविमा असारदेखि विद्यालय व्यवस्थापन समिति बनेको छैन । लक्ष्मीपुर माविले अडिट नै नगराएको शिक्षा कार्यालयले जनाएको छ ।
यस्तै, सार्वजनिक लेखापरीक्षण नगर्ने अन्य १२ विद्यालयको समेत साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिक निकासा शिक्षा कार्यालयले रोकेको छ । जेठमा नै सार्वजनिक लेखापरीक्षण गर्नुपर्ने भए पनि भदौसम्मको समय दिँदासमेत विद्यालयले हेलचेक्रयाइँ गरेका कारण निकासा बन्द गरेको शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बताए ।
गणेश मावि पीपलधारा, जनकल्याण उच्चमावि फोक्सिङ, सीतापुर मावि अर्लाङकोट, सरस्वती निमावि अर्लाङकोट, तुमतोलाकोट प्रावि खड्गकोट, भगवती निमावि पौँदी, कालिका प्रावि दर्लामचौर, कोर्‍याङ प्रावि खड्गकोट, जनप्रिय प्रावि फोक्सिङ, पूर्णिमा प्रावि दरबार देवीस्थान र सरस्वती प्रावि वीरवासले समयमै लेखापरीक्षण नगराएकाले निकासा रोकेको शिक्षा कार्यालयले जनाएको छ ।
समयमै लेखापरीक्षण नगराएका कारण विद्यालयले साउनदेखि अहिलेसम्मको तलब पाउन सकेका छैनन् ।
रकम पुगेन दसैँँमा
सरकारले कार्यान्वयन गरेको एकतृतीयांश बजेटको प्रभाव शिक्षा कार्यालय गुल्मीमा देखिएको छ । कर्मचारीलाई तलब खुवाउन २ करोड ३१ लाख ४८ हजार ८ सय ५० रुपियाँ अपुग भएको लेखापाल रामबहादुर सोमरेले बताए । ‘जिल्लाका सम्पूर्ण कर्मचारीलाई कात्तिकसम्मको तलब खुवाउन रकम आवश्यक भएको हो तर रकम अभावका कारण तलब खुवाउन सकिएन,’ उनले भने ।
जिल्लाका जनज्योति प्रावि बामी र सरस्वती प्रावि सिमिचौरलाई मागफारम ढिला पेस गरेको कारण साउनदेखि कात्तिकसम्मकै रकम
पुगेको छैन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग