Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकको घरमा काम गर्न बसेकी युवतिको संकास्पद मृत्‍यु, २ दिनदेखी शब उठेन

Published on 2:59:00 PM //


प्रेम सुनार
गुल्मी कार्तिक ५। बाग्लुङ्गको जलजलामा शिक्षकको घरमा गोठालो बसेकी एक यूवती झुण्डिएको अबस्थामा फेला परेपछि आर्थिक अभाव भन्दै २ दिनदेखि शव उठाईएको छैन । जलजला गाविस वडा ४ की १७ वर्षिया टोपली विश्वकर्मा शनिबार विहान शिक्षक दिलिप पुनको बारीमा घाँस काट्न गएको बेला मृत अबस्थामा फेला परेकी थिईन् । विहान करीव साढे ६ बजेतीर शिक्षक पुनकी श्रीमति संगै घाँस काट्न गएकी विश्वकर्मा करीव साढे ९ बजेतीर रुखमा झुण्डिएको अबस्थामा फेला परेकी थिईन् ।
शिक्षककी श्रीमतिलेसंग टोपलीले म आउँछु दिदी जानुस भनेकोले आफू पहिलै आएको, पछि खोज्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको पारिबारिक श्रोतले बतायो ।
गाविस सचिव थम्मन रेश्मी लगायतले उनका दाजु ईन्द्र विकलाई पोष्टमार्टम गर्दा ५० हजार भन्दा बढी खर्च हुने भन्दै शब बुझ्न दवाव दिएको स्थानिय पूर्ण काउछाले बताउनु भयो । उहाँहरुले छानविन हुनुपर्ने माग गरेपछि हिँजो देखि शव नउठेको हो । आईतबार विहान गाविस सचिव लगायतले घटनाको बारेमा संचारमाध्यममा जानकारी दिएको भन्दै गाविस सचिव लगायतले आफूहरुलाई दवावमा पारेको काउछाले बताउनुभयो ।
‘हुर्के बढेकी चेली कतै कुनै समस्या पनि हुन सक्छ, पोष्टमार्ट गर्नुपर्छ भनेर हामीले माग गरेका हौँ, तर उनका दाजुलाई यती धेरै खर्च गर्न सक्दैनस् पोष्टमार्टम नगरौँ भनेर शव बुझाउन आटेँका छन्" स्थानीय पूर्ण विकले भन्नुभयो–‘अहिले आफूहरुलाई समेत अप्ठ्यारो पार्न खोजीएको छ ।’
‘सचिव सरहरुले पोष्टमार्टम खर्च ५० हजार लाग्छ के गर्छस भनेर भन्नुहुन्छ– मृतकका दाजु ईन्द्रले भन्नुभयो – मेरे जिमीन बढीमा ५ हजारको छ, पोष्टमार्टमको खर्च ५० हजार मैले कसरी बेहोर्न सक्छु ? त्यसलै सक्दिन शव बुझ्न लागेको हुँ ।’
गाविस सचिव रेश्मीले पोष्टमार्टम गर्ने रकम कतैबाट जुटाउन नसकिने भएकोले त्यत्तीकै दाहसंस्कार गर्न लागीएको बताउनुभयो । ‘दलितलाई दिने रकम दिईसकेका छाँै, अरु पैसा कहाँबाट जुटाउने – उहाँले भन्नुभयो – ‘घरका दाजुले नसक्ने भए, शंका छैन भनेर शव हिँजै बुझेका हुन् तर अहिले विबाद निकालेका छन् ।’ गाउँमा गरीव मरे त गुहार पनि नहुने भयो नि भन्ने प्रश्नमा सचिव श्रीसले भन्नुभयो – ‘ के गर्ने त, यस्तै समस्या छ ।’
बनस्पति उच्च मावि जलजलामा पढाउने शिक्षक पुनले बिकका बाबुआमाको मृत्यू भएपछी उनलाई घरेलु कामदारको रुपमा रोखका थिए । ‘विहान मेरी श्रीमति र उनी संगै घाँस काट्न गएका रहेछन्, श्रीमति फर्किछन् उनले पछि आउँछु भनेर बसीछन् – शिक्षक पुनले भन्नुभयो – ‘पछिबाट किन ढिला गरी भनेर खोज्दै जाँदा झुण्डिएको अबस्थामा फेला पारीयो ।’
स्थानिय पूर्ण विकले भने ति किशोरी चढ्न नसक्ने अप्ठ्यारो रुखमा झुण्डिएको र संगै घाँस काट्न गरएकी मालिक्नी घाँसको भारी पु¥याएर घर जाँदा मृतक विकको भने घाँसको भारी पनि नपुगेको अबस्था रहेकोले घटनामा अलि संका उत्पन्न भएको बताउनुभयो ।
"यो घटनाबाट हामी एक्लीएका छौँ, सक्नुहुन्छ भने सहयोग गरीदिनोस" काउछाले भने – यस्ता घटना गाउँमै दवाईनुहुन्न भन्ने हाम्रो माग हो ।’ गाविस सचिव श्रीसले शिक्षक पुन प्रति कुनै गुनासो नरहेको बताए । ‘सानैदेखि छोरीजस्तै पाले, हुर्काए, – श्रीले भने – उनलाई दोष दिने ठाउँ छैन ।’
ग्वालीचौर प्रहरी चौकीबाट पुगेका प्रहरी सहायक निरीक्षक कमल रानाले प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या नै गरेको देखिएको बताए । हुर्केबढेकी यूवती कतै प्रेम सम्बन्धको कारण हो की भन्ने प्रश्नमा उनले भने – पेट चिरेर हेर्ने कुरा भएन क्यारे ।’ गाउँलेले पोष्टमार्टम गर्नुपर्ने माग गरेपछि दोधारमा परेका उनीहरु पाल टाँगेर शव कुरेर बसीरहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग