Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘जनता संग सहकार्य’ संझनायोग्य र अनिवार्य (बिदाईका फोटोहरु सहित)

Published on 7:32:00 PM //

गगनशिला खड्का
गुल्मी ५ कार्तिक । ‘जनतालाई तर्साएर होईन आफ्नो गाउँ सुधार गर्न आफै लगाउने गरी जनचेतना जगाउनु पर्छ – १६ महिना गुल्मीमा बसेका डिएस पि राजकुमार बैदबारको विदाईमा पत्रकार तथा रेसुङ्गा सामुदायीक प्रहरी सेवा समाजका अध्यक्ष हरी कुमार श्रेष्ठले कुरा गरीरहँदा धेरैले यही कुरामा सहि थापे । ‘शान्ति सुरक्षा कायम गर्न जिल्लामा सञ्चालन भएको यो कार्यक्रम प्रभावकारी भएकोले अव अनिवार्य जस्तै भएको छ । जिल्लाका शान्ति सुरक्षा कायम गर्न हामी यी कार्यक्रम निरन्तता दिन सँधै लागी पर्ने छाँै ।’ – गुल्मी उद्योग वाणिज्य संघले गरेको विदाई कार्यक्रममा उनले थपे । श्रेष्ठ मात्र होईन धेरैलाई विगत १६ महिनाको अवधिमा प्रहरीले जनतालाई तर्साएर होईन सकेसम्म सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्ने कुरा संझे ।

डिएसपि राजकुमार बैदवारले गुल्मी बसाईको क्रममा सँधै भन्ने गर्थे –‘प्रहरी जनतालाई तर्साएर होईन जनतासंग मिलेर बल्ल शान्ति सुरक्षा कायम हुन सक्छ, त्यसैले हामी जनतासंग सहकार्यका कार्यक्रम मात्र बनाउँछौँ ।’ – उनको यही कार्यक्रमको कारण धेरै सरोकारवालाहरुले उनको कामलाई सँझनायोग्य भन्दै बैदवार गुल्मीबाट सरुवा भई पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल जाँदा यहाँका सरोकारवालाहरुले छुट्टाछुट्टै विदाई तथा शुभकामनाका कार्यक्रम राखे । कर्मचारी मिलनकेन्द्र, गुल्मी उद्योग वाणिज्य संघ, रेसुङ्गा सामुदायीक प्रहरी सेवा समाज, रेसुङ्गा बहुमुखि क्याम्पस, महेन्द्र उच्च मावि, जिल्ला प्रसासन कार्यालय, अपाङ्ग एकता समाज, श्रृङ्गा, बलेटकसार तथा रीडि बजारका स्थानिय बासीन्दा लगायतले विदाई कार्यक्रममा नयाँ कार्यक्षेत्रमा सफलताको कामना गरेका थिए ।
गाउँमा अबैध मदिरा पसल दर्ता गराउन र जाँडरक्सी नियनत्रण गर्नुका साथै चोरीका सवारी साधन नियन्त्रण गर्न बैदवारले महत्वपूण भुमिका निर्वाह गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताए । ‘थुनामा परेकालाई कोर्रा लगाएर होईन, असल कुराहरु सिकाएर जनचेतनामार्फत सुधार गर्न सकिन्छ भन्ने सन्देश पनि जिल्लामा प्रवाह भएको छ – उनले भने ।
कुनै जिल्लामा काम गर्न गएका हरेक कर्मचारीले कुनै न कुनै संझना छोड्ने क्रममा गुल्मीमा बसेका बैदवारले जनतासंग सहकार्य भन्ने छाप छोडेको धेरैको भनाई छ । उनले गुल्मी बसाईको क्रममा गाउँ गाउँमा टोल सुधार समिती गठन, प्रहरी–स्कुल सहाकार्य, प्रहरी विद्यार्थी सहकार्य, उत्कृष्ट चालक पहिचान तथा सम्मान, चालकमा आँखा परीक्षण, दुर्घटना न्यूनिकरणमा विशेष सुरक्षा अभियान, अपाङ्गहरुलाई आफ्नो तलवबाट सेतो छडी प्रदान, प्रहरीमा जनताको सहज पहुँच, पहिलो पटक कम्युटर प्रविधीबाट प्रहरी सुचनाकक्ष स्थापना, गुनासो तथा हेल्प डेस्क, स्थापना लगायतका विभीन्न कार्यक्रम गरेका थिए ।
गाउँमा गठन गरीएका १ सय ६२ वटा टोल सुधार समितीले गाउँ गाउँमा सरसफाई, स्थानिय मुद्धाको आफै समाधान, जटिल प्रकृतिका घटनामा प्रहरीलाई तत्काल जानकारी, जाँडरक्सी नियन्त्रण लगायतका काममा फाईदा पुगेको प्रहरी कार्यालयले जनाएको छ । टोल सुधार समितीहरुले मदिराका कारण धेरै विकृति हुने हस्तीचौर, बडागाउँ लगायतका गाविसका विभीन्न टोलमा जाँडरक्सी नियन्त्रयण गर्नुका साथै यूवा अफैले रातको समयमा सुरक्षा गस्ती गर्ने कामको शुरुवात गरेका छन् ।
विद्यार्थी प्रहरी सहकार्य अन्तर्गत जिल्लाका ३७ वटा विद्यालयका १८ हजार र उच्च मावि र क्याम्पसमा ५ हजार विद्यार्थीलाई प्रशिक्षण दिएपछि विद्यार्थीहरुले प्रहरी संग डराउने तर्सने गर्न छाडेर घटना दुर्घटना र मदिराका कारण हुने विकृतिजन्य कृयाकलापमा तुरुन्तै प्रहरीलाई खवर गरी विकृति गर्नेहरुलाई रोक्न सहयोग पु¥याएको रेसुङ्गा सामुदायीक प्रहरी सेवा समाजका अध्यक्ष हरी कुमार श्रेष्ठले बताए । जिल्लामा गत साउन महिनामा शान्ति सुरक्षाको अबस्था झल्काउने फोटो प्रदर्शनीले नकारात्मक काम गर्नेलाई सुधार गर्दै असल कामको धेरैलाई प्रेरणा मिलेको उनले बताए ।
जिल्लाका सरोकारवालाहरुले नयाँ र सिर्जनशिल कामगर्ने कुनै पनि सरकारी कर्मचारीलाई कुनै ठाउँको जिम्मेवारी दिन सरकारले कन्जुस्याईँ गर्न नहुने पनि तर्क राखेका छन् ।
बैदबारको सरुवापछि गुल्मीमा सरुवा भएर आउनुभएका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जनताको सुरक्षाका लागी जिल्ला प्रहरी कार्यालयले यस अघि सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्र गर्नुभयो । ‘हाम्रो काम जनताको शान्ति सुरक्षा हो, सुरक्षाका लागी म भोक निद्रा नभनेर काम गर्ने छु – उहाँले भन्नुभयो – जनसुरक्षाका लागी विगतमा भएका हरेक कामलाई निरन्तरता दिई नयाँ कार्यक्रम पनि ल्याउनु मेरो जिम्मेवारी हो ।’


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग