Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी उद्योग वाणिज्य संघले दियो क्याम्पसलाई पाँच लाख

Published on 9:29:00 PM //


जनार्दन घिमिरे
गुल्मी, ४ कात्तिक । क्याम्पसको वृहत्तर विकासकालागि भनेर गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले सदरमुकाम स्थित रेसुङ्गा वहुमखि क्याम्पसकालागि रु. पाँच लाख रुपैंया आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । संघको आज वसेको वैठकले क्याम्पसको बृहत्तर बिकासको लागी यही कात्र्तिक १५ देखि २२ गतेसम्म संचालन हुन लागेको श्रीमद् भागवत ज्ञान महायज्ञको पुर्व सन्धायामा उक्त रकम प्रदान गर्ने निर्णय गरेको गुल्मी उद्योग वाणिज्य संघका सचिव ताराप्रसाद भुसालले जानकारी दिनु भएको छ । क्याम्पसका लागि महायज्ञ अवधिमा चन्दा दाताहरुवाट न्युनतम रु ३ करोड ४५ लाख रुपैँया दान संकलन गर्ने लक्ष्य राखि महायज्ञ संचालन गर्न लागिएको हो ।
यो पनि पढौँ:
उन्नाइस लाख विद्यालयलाई


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग