Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशै र तिहारको बेला शनिबार पसल बन्द नहरने

Published on 3:57:00 AM //


अनिल खत्री
गुल्मी, असौज २६ । हरेक शनिबार बन्द हुँदै आएका तम्घास बजारका पसलहरु दशै तिहार जस्ता महान चाडको लागि खुला गरिने भएको छ । प्रत्यक शनिबार एकदिन बन्द गरिने पसलहरु दसैं तिहार तथा गुल्मीमा चल्ने पेन्सन सिजन सम्मको लागी खुल्ला गर्ने निणर्य गरेको गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्ण पोखरेले जानकारी दिनु भयो ।  
नेपालीहरुका महान पर्व बिजया दशमी नजिकिदै गर्दा बजारमा चाड पर्वमा आबश्यक पर्ने बस्तुहरु किनमेल गर्न सदर मुकाम तम्घासमा आउनेहरुका लागी सहज होस भन्ने उदेश्यका साथ शनिबार बन्द रहने बजार खुल्ला गरिएको महासचिव पोखरेरले बताउनु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग