Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बोक्सीको आरोपमा कुटपिट गर्ने विरुद्ध उजुरी

Published on 3:38:00 AM //



यो पनि पढौँ:
बोक्सा-आरोपमा आफ्नै दाजुभाउजुबाट कुटिए दलित दम्पती


नरेश भण्डारी
गुल्मी, असोज २५ । पराल्मी गाविस- ७ का ४५ वर्षीय भोजबहादुर विश्वकर्मा र उनकी ४१ वर्षीय पत्नी लक्ष्मी विश्वकर्मालाई बोक्सीको आरोपमा सोही ठाउँका ४७ वर्षीय किशान विश्वकर्मा उनकी पत्नी ४२ वर्षीया सशीकला विश्वकर्माले कुटपिट गरेको आरोपमा २०६९ असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

गत पाँच वर्षेदेखि बोक्सीको आरोप लगाउँदै मानसिक पीडा दिँदै आएको र ०६९ असौज २४ गते राती लाठी र बुटले हिर्काएको पीडित लक्ष्मीले बताइन् । उनीहरु आफ्नै जेठाजु जेठानी भएर पनि साँझ सात वजे ६-७ जना गाउँलेलाई समेतसँगै ल्याएर कुटेको बताईन् । कुटपिटबाट लक्ष्मी सामान्य घाइते भए पनि भोजबहादुरको टाउकोमा गम्भीर चोट देखिएकोले लुम्बिनी मेडिकल कलेज पाल्पामा थप उपचारको लागि रिफर गरिएको तम्घास अस्पतालका डा.गोविन्द अधिकारीले जानकारी दिए । डिएसपी राजकुमार वैदवारले घटनाबारे बुझ्न घटनास्थलतर्फप्रहरी खटाएको र घटनालाई गम्भीर रुपमा अनुसन्धान गर्ने बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग