Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टीका ग्रहण गर्दै बिजयादशमी मनाईदै

Published on 3:41:00 PM //


८ कात्तिक, काठमाण्डौं । बडादशैंको दसौँ दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । आज टीकाको साइत बिहान ११ बजेर २९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाँग निर्णायक समितिले जनाएको छ ।
तर आफूलाई पायक पर्ने जुनसुकै समयमा पनि टीका लगाउन सकिने समितिको भनाई छ । दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबढा या मान्यजनहरुबाट टीका र जमार लगाईन्छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा विजयादशमीलाई लिईन्छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।
आजका दिन परिवारका आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टिका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायुको आशीर्वाद लिने गरिन्छ । निधारभरी दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग