Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैं आयो, आएनन् आफन्त

Published on 11:39:00 AM //

काठमाण्डौं, असोज २९ । दशैंले संघार टेक्नै लागेको छ । स्वदेशका मात्र होइन्, विदेशमा बसेका आफन्तपनि धमाधम घर र्फकदैछन् । यो पर्व हो, जहाँ आफन्त भेला भएर बर्ष भरीका पिरव्यथा विर्सिदै रमाईलो गर्ने गर्छन् । अनि मान्यजनबाट आशीर्वाद थाप्ने गर्छन् । तर आफन्त हराएका परिवारको भने पीडा बेग्लै छ ।
आफन्त हराएर पिरमा डुवेका परिवार दशैं आएपछि थप मानसिक तनाव भोग्न बाध्य छन् । मनमा झिनो आशा छ, आज आउला भोली आउलान् । फेरि अर्को आशंका उव्जिन्छ मनमा मरी पो सके कि, कसैबाट मारिएकी ? न लास, न सासको अवस्थमा रहेका व्यक्तिका आफन्त दशैंमा यस्तै पीडाले विथोलिने गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
काठमाण्डौं जैसीदेवलकी छोरीमैयाँ महर्जनको परिवार पनि अहिले यही चिन्तामा छ । छोरी मैया हराएको आठ महिना वित्दा पनि उनको कुनै अत्तोपत्तो छैन् । तर उनका छोरीहरु सुभद्रा र सुधा आमा आउने आसमै छन् । आमालाई कसैले अपहरण गरेको र कहीँ लुकाएर राखेको आशंकामा उनीहरुले प्रहरीमा उजुरी दिएपनि अझै केही पत्ता लाग्न सकेको छैन् ।
छोरी मैया एउटा पात्र मात्रै हुन् । यो सँगै देशभर धेरै व्यक्ति बेपत्ता भएका छन् । नेपालमा भएको सशस्त्र द्धन्द्धका बेला बेपत्ताका देखि शान्ति स्थापना भएपछिका पनि धेरै व्यक्तिहरु बेपत्ता भएका छन् । बेपत्ता हुनेका परिवारहरु घरमा कुनै खुसीयाली, ठूलो चाडपर्व आएको बेला अन्य समयको बेलामा भन्दा बढी मर्माहत हुने गरेका छन् । अन्लाईन खबर डट कम

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग