Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बल्ल आयो नेपाल प्रहरी फेसबुकमा

Published on 9:04:00 PM //

३० असोज, काठमाडौं । नेपाल प्रहरीले आपराधिक गतिविधि नियन्त्रण गर्न तथा सर्वसाधारणलाई प्रहरीप्रतिको गुनासोबारे जानकारी दिन लिन सामाजिक सञ्जाल फेसबुक पेज बनाएको छ ।
सन्ताउन्नौं प्रहरी दिवसमा पारेर प्रहरीले मंगलबारदेखि फेसबुक सञ्चालन गरेको हो । नेपाल प्रहरीका गतिविधिहरू, आपराधिक घटनाका खबर, तस्बिर, श्रव्यदृश्य, प्रहरीसँग सम्बन्धित अन्य सूचनाहरूको जानकारी फेसबुकमार्फत सर्वसाधारणमा पुर्‍याउने उद्देश्यले पेज सञ्चालन गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार www.facebook.com/nepalpolice सर्वसाधारणले आफ्ना विवरण, गुनासा, सूचना राख्न सक्नेछन् । प्राप्त सूचनाहरू नियमितरुपमा अनुगमन गरी आवश्यक कारबाही तथा कार्यान्वयनका लागि सम्बन्धित प्रहरी इकाइमा जानकारी गराइनेछ । रासस



Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग