Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६५ रुप्पे भाडा लाग्ने ठाउँमा ५०० माग्दा कार्वाही, बढी भाडा नतिर्न गुल्मी प्रहरिको आग्रह

Published on 9:34:00 PM //


प्रेम सुनार
गुल्मी, असोज २३ । जिल्लाका कुनै पनि सडक मार्गमा सञ्चालित यातायातमा निर्धारीत भाडादर भन्दा ५ रुपैयाँ पनि बढी लिए अव प्रहरीले चालक र यातायात व्याबसायीलाई कार्वाही गर्ने भएको छ । आजैदेखि प्रहरीले यस्तो कार्वाही शुरु गरेको हो । अर्खाबाङ्गबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज १९९१ नम्बरको जीपमा सवार यात्रुलाई निर्धारीत भन्दा बढी भाडा लिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले कार्वाही गरेको हो ।
अर्खाबाङ्गबाट तम्घाससम्म तीन सय ६५ रुपैयाँ भाडा कायम भएकोमा चालकले पाँच सय रुपैयाँ मागेपछि यस्तो कार्वाही गरीएको प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बताए । ‘त्यसो त यस्तो निर्धारीत दर भन्दा बढी भाडा तिर्न सर्बसाधारण सँधै बाध्य भएका छन् तर त्यस जिपमा काठमाण्डौबाट गुल्मीमा खोज पत्रकारीताको रीपोर्टिङ्ग गर्न आईपुगेका एक पत्रकारले त्यो मनपरीको सिधै सिडीओलाई उजुरी गरेपछि यसरी प्रहरीको ध्यानाकृष्ट भएको हो । पत्रकारले नै सूचना नदिएको भए प्रहरीले यस्तो कुरामा बेवास्ता गर्दै आईरहेको सर्बसाधारणको गुनासो छ ।
जिल्लाभन्दा बाहिरका पत्रकारहरुले यसरी सम्बन्धित निकायको ध्यानाकृष्ट गराएपनि यसरी जनता ठगीने कुरामा गुल्मी जिल्लाभित्रै क्रियाशिल पत्रकारहरुले भने ढाकछोप गर्दै आएको आरोप स्थानियबासीले गरेका छन् । यस सम्बन्धमा बैदवारले भने निर्धारीत दरभन्दा बढी भाडा लिए वा झिटि झाम्टाको नाममा सर्बसाधारणलाई अनुचित दवाव पाईए तत्काल प्रहरीमा वा सञ्चारमाध्यममा सुचित गर्न आग्रह गरेका छन् । प्रहरीले जनतालाई यात्राको क्रममा कुनै समस्या भएमा तुरुन्त टोल फ्रि नम्बर १ सय वा ०७९–५२०१९९मा उजुरी दिन आग्रह गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग