Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अब दलितले पनि गैरदलित सरह मन्दिरमा टिका लगाउन पाउने

Published on 3:03:00 AM //


विष्णु पौडेल
गुल्मी, असोज २८ । खड्गदेवि मन्दिर पुजा व्यवस्थापन समिति मुसीकोट–वडागाउँको आयोजनामा पुजा व्यवस्थापन विषयमा अन्तरक्रियात्मक छलफल भएको छ । अन्तरक्रियाले पुजा व्यवस्थापनका लागी विभिन्न निर्णयहरु पनि गरेको छ । सोही छलफलले दलितहरुलाई पनि गैर दलित सरह टिका लगाईदिने निर्णय गरेको छ । मुसीकोट र वडागाउँ गाविसका दलित समुदायका प्रतिनिधिहरुले पुजा आजा कार्यमा आफ्नो पनि समान सहभागिताको माग राखेपछि गाविस सचिव, राजनितिक दलका प्रतिनिधी, टोल सुधार समिति, दलित प्रतिनिधी लगायत विच भएको छलफलले दलितहरुलाई पनि गैर दलित सरह टिका लगाईदिने निर्णय गरेको पुजा व्यवस्थापन समितिका अध्यक्ष इन्द्रध्वज खत्रीले जानकारी दिनुभयो ।
दलित साझा मञ्च गुल्मीका कोषाध्यक्ष केशर वहादुर विकको नेतृत्वमा रहेको दलित समुदायको प्रतिनिधी समुहले मन्दिर प्रवेश र पुजाआजा आफ्नो माग नभई गैरदलित सरह समान रुपले आफुहरुलाई पनि टिका लगाईदिनुपर्ने माग राखेका थिए । यसअघि २०५८ सालमा आफुहरु पनि पुजाआजा कार्यमा सहभागी हुन पाउनुपने माग राखेका दलितहरु प्रतिनिधीहरुलाई व्यवस्थान समितिले मन्दिर प्रवेश गर्न नदिएपछि उनीहरु वलपुर्वक मन्दिर प्रवेश गरेका थिए । वाईसे राज्य अन्तर्गतको मुसीकोट दरवारमा प्रत्येक वर्ष विजया दशमीको अवसर मा घटस्थपानादेखि दशमीसम्म विशेष पुजाआजा हुने गरेको छ ।
गुल्मीकै प्रख्यात सरायँ नाच लोप हुन थालेको भन्दै मन्दिर व्यवस्थापन समितिले प्रत्येक वर्ष प्रतियोगितात्मक रुपमा सरायँ नाचको आयोजना गर्दै आएको छ । अन्य दिनको तुलनामा मन्दिरमा नवमीको दिन पुजाआजा गर्नेको विषेश घुँईचो लाग्ने गरेको छ । तर पनि दर्शनार्थीको चाँपलाई मन्दिर व्यवस्थापन समितिले व्यवस्थापन गर्न सकेको छैन् । मन्दिरमा प्रत्येक वर्ष उछृङ्गखल युवाहरुको समुहले भाँडभैलो मच्चाउने गरेका छन् । जसले मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुलाई समस्या हुने गरेको छ

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग