Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङ लागेर ५ जना घाईते

Published on 2:58:00 AM //


विष्णु पौडेल
गुल्मी, असोज २८ । गुल्मीको सिर्सेनी गाविस वडा नं. १ भुजुङ्गेमा चट्याङ पर्दा ५ जना घाईतेभएका छन् । जीवलाल पुरीको घरमा आज दिउसो परेको चट्याङ लागेर उहाँको परिवारका चार अन्य एक छिमेकी गरी चार जना घाईते भएको स्थानीय नविन पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङ लागेर वसन्ता पुरी, गोमा पुरी, गौरव पुरी, सिता पुरी र अम्विका गिरी घाईते हुनुभएको छ । घाईतेहरुको अवस्था भने सामान्य रहको वताईएको छ । चट्याङका कारण घरमा रहेका विजुलीका समानहरुमा पनि क्षति पुगेको छ । यसैविच आजै दिउसो परेको असिनापानीले गुल्मीको अर्खावाङ्गमा लगाईएको धान खेतीमा क्षति पु¥याएको छ । दिउसो लगायतर १ घण्टासम्म परेको असिनापानीले काट्ने वेला भएको धानमा सवैभन्दा धेरै क्षति पु¥याएको कृषक सुरेश अर्यालले जानकारी दिनुभयो । असिना पानीले सवै धान झारेको उहाँले वताउनुभयो । यस वर्ष प्रशस्त पानी नपरेका कारण समयमै धान रोप्न नपाएका किसानहरु रोपेको धान पनि असिनाले झारेपछि झन् चिन्तीत भएका छन् । जिल्लाका अधिकांश ठाउँमा धान पाक्न थालेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग