Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जेलबाट निस्केर दशैं मान्दाको खुशी

Published on 2:28:00 PM //

प्रेम सुनार
कार्तिक १२ गुल्मी । ‘दशैमा खसी बोको काट्नै परेन, जाँड रक्सी बनाउनै परेन, नखाए पनि पाथी भात खाए जस्तै हुने भयौ जेलबाट निस्केर दशै मान्दा’ दशैको मुखमा सजाएँ कैद मुक्त भएर जिल्ला कारगारबाट निस्केकी बाँझकटेरी १ निवासी ५६ वर्षिया पुतली मगरको खुसी थियो त्यो ।
बडादशैको अवसरमा सरकारले बन्दीहरुको कैद मिनाहका लागि ‘दसैंमा सिफारिस गरेपछि राष्ट्रपतिले अन्य जिल्लाका बन्दीहरु सहित पुतलीलाई पनि एक वर्ष नौ महिना कैद मिनाह गरपछि यो दशैमा खाली पेट बसे पनि पाथी भात खाएको महसुस गर्ने भएकी हुन ।
२०४४ साल जेठ २० गते अवैध गर्भधारणबाट जन्मेको नवजात शिशु मारेर बारीमा पुरेको अभियोगमा २०४४ असार २३ गतेसम्म जिल्ला कारगारको सजाएँ पुरा गरी अदालतबाट सफाई पाएकी थिईन । । तर लुम्विनी अञ्चल अदालतले २०४७ साल पौष १७ गते उनलाई फेरी ५ वर्ष कैद सजाएँको फैसला गर्न्यो ।
यता पुतलीलाई थाहै थिएन । उनि कैद पुरा गरेको भनेर ढुक्क थिईन । तर एक्कासी झण्डै २५ वर्षपछि त्यही फैसलाको कार्यान्वयन गर्ने क्रममा २०६७ साल साउनमा प्रहरी गयो र पुतलीलाई पक्राउ गर्‍यो । ‘खेत गोड्न लागेकी थिएँ’, पुतलीले भनिन, ‘जेल जान पर्ला भन्ने त सोचेँकै थिईन, केहि सोधपुछ गर्नु छ हिँड्नुस् भने मेलो छाडेर हिँडे तम्घास ल्याएपछि जेल पो हाले ।’
‘उतिवेलाको जमनामा औषधी खाने, गर्भ फाल्ने चलन थिएन । नचिनेको मान्छेले बुद्धी भुट्यो गर्भ रहन गएछ’, उनको दावी थियो, "मारेकी त होईन मरेको थियो र लगेर गाडीकी हुँ ।"
‘यस्तो त आफु खाने सत्रुलाई पनि नपरोस, माटै मुनी लुके पनि कानुनले छाड्दो रहेनछ उनको अर्ति थियो ‘मेरो बुद्धी कसैले भुटे पनि अरुको बुद्धी कसैले न भुटुन ।’
त्यस घटनामा पुर्व पतिबाट घर निकला भएपछि वेसहरा भएकी उनलाई पत्नी वियोयबाट उनि जस्तै बेसहरा भएका बाँझकटेरीका अभिमान घर्तिमगरले विवहा गरेका थिए । ‘के गर्नु दुवैको सहरा मिल्ने भनेर विहे गरियो घर्तिले भने ‘विचरी उनी त्यो विर्सी सकेको पिरमा फेरी जेल परेर आँसु मै डुविन् ।’
‘गएको २ वटा दशै छोरा छोरी हामी सबैको आशुमा डुब्यो ’ घर्तिले भने ’यसपाली आशुँ पुछने बनायो सरकारले । ’
हेर्नुस् त यत्रो २५ वर्षपछि उनि फेरी जेल पर्दा कम्ता पिडा भएन परिवारमा, यसपाली त केटा केटी यति खुशी भए कि राम रमिता विर्सेर आमा कै काँखमा दशै मान्दैछन्’–घर्तिले भने । पुतलीले सुरुमा एक वष र यसपाली राष्ट्रपति ज्युबाट मिनाह भएपछि २ वर्ष २ महिना सजाएँ पार गरी यो दशैमा मुक्त भएको प्रहरी नायव उपरिक्षक गुरु विष्णु काफ्लेले बताए । नव जात शिुसु हत्या अभियोगमा अन्य २ जना महिला कारगार सजाएँ भोग्दै गरेको उनले जानकारी दिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग