Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जातीय नाराका कारण मुलुकमा संविधान निर्माण हुन नसकेको ः नेता भण्डारी

Published on 6:35:00 PM //


जनार्दन घिमिरे
कार्यक्रममा बोल्दै कांग्रेस नेता चन्द्र भण्डारी । तस्बिर: जनार्दन घिमिरे
गुल्मी, १३ कात्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले जातीय नाराका कारण मुलुकमा संविधान निर्माण हुन नसकेको वताउनु भएको छ । आपसि मेलमिलाव सद्भाव र सहिष्णुताका आधारमा अघि वढीरहेको मुलकमा माओवादीले जातीयताको आधारमा मुलुकलाई विखण्डनतिर उन्मुख गर्न खोजेको उहाँको आरोप थियो । नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीले आज सदरमुकाम तम्घास स्थित पार्टि कार्यालयमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले उक्त कुरा वताउनु भएको हो । उहाँले देशमा सामाजिक सद्भाव खल्वलीयो भने राजनैतिक सद्भाव समेत ठल्न सक्ने भन्दै सामाजिक सद्भावलाई ढल्न नदिनकालागि सवै राजनैतिक दलहरु समयमै सचेत हुनु पर्ने आग्रह समेत गर्नु भएको छ । वीपीको राष्ट्रिय मेलमिलाप र एकताको नीति वर्तमान समयमा अझ आवश्यक र समय सान्र्दभिक वन्दै गएको उहाँको धारणा थियो ।
शुभ विजया दशमि, दीपावली, ईद, छड तथा नेपाल संम्वतको अवशरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति चन्द्र वहादुर केसीले वर्तमान अवस्थामा राजैतिक दलहरुमा देखिएको कालो वादलका कारण देशमा उपयुक्त निकास निस्कन नसकेको वताउनु भएको छ ।
कार्यक्रमका सहभागीहरु । तस्बिर: जनार्दन घिमिरे
आपसि मेलमिलापका कारण समाज निर्माणमा सहयोग पुग्ने भन्दै जातीय, भाषा र धर्मका कारण सामाजिक सद्भावलाई विथोल्न नहुने उहाँको तर्क थियो । वर्तमान अवस्थामा फोस्रो आडम्वर र संस्कारका कारण चाडपर्वहरु भड्किलो हुँदै गएको भन्दै चाडपर्वहरुलाई भड्किलो नवनाई छुट्किलो वनाउनु पर्ने उहाँले वताउनु भएको छ । कार्यक्रममा नेकपा एमालेका प्रचारविभाग प्रमुख शेषकान्त गौतम, नेकपा माओवादीका पूर्ण वहादुर तरामु, राष्ट्रिय जनमोर्चाका हरिप्रसाद न्यौपाने, राप्रपाका टोपवहादुर वस्नेत, प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, रेसुङ्गा वहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशि पन्थी, नेपाली काँग्रेसका उपसभापति भुवन प्रसाद श्रेष्ठ लगायतका व्यक्तिहरुले आआफ्नो धारण व्यक्त गर्नु भएको थियो ।
नेपाली काँग्रेसका सभापति चन्द्र वहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन नेपाली काँग्रेसका सचिव विष्णु वलालले गर्नु भएको थियो । उक्त शुभकामना आदान प्रदान कार्यक्रममा पार्टिका विभिन्न भातृ संस्था तथा शुभेच्छुक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग