Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्माण व्यवसायी गुल्मीको अधिवेशन तैयारी पुरा

Published on 10:08:00 PM //


प्रेम सुनार
गुल्मी, असौज २४ । पहिलो पटक गुल्मीमा केन्द्र र लुम्विनी अञ्चल भरीकै निर्माण व्यवसायिहरुको जमघट हुने गरी निर्माण व्यवसायि संघ गुल्मीले अधिवेशन गर्न गइरहेको छ ।
असोज २६ गते सदरमुकाम तमघासको बालमन्दिर सभाहलमा सम्पन्न हुन गइरहेको अधिवेशनको अन्तिम तैयारी पूरा भएको संघले जनाएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराईएको हो । २०६५ पूर्व निर्माण व्यवसायिहरु आ–आफ्नो ढंगले संगठित भएपनि यसपाली वैधानिक रुपले अधिवेशन हुन गइरहेको र अधिवेशनको उद्घाटन पनि महासंघका अध्यक्ष जयराम लामिछानेद्धारा गराउन गइरहेको संघका अध्यक्ष हरीप्रसाद न्यौपानेले बताए ।
संघले केन्द्रका अन्य पदाधिकारी, क्षेत्रिय प्रमुख र लुम्विनी अञ्चल भरीकै निर्माण व्यवसायिहरुलाई अधिवेशनमा जमघट हुने व्यवस्था मिलाएको उनले जानकारी दिए । अधिबेशन भव्यरुपमा सम्पन्न गर्न विभिन्न ७ वटा उपसमिति गठन गरिएको बताइएको छ ।
गुणस्तरीय निर्माणको प्रतिबद्धता, राष्ट्रनिर्माणमा हाम्रो सहभागीता भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको अधिबेशनले नयाँ नेतृत्व चयन गरी ७५ वटै जिल्लाको विधानमा एकरुपता ल्याउने भएको छ । निर्माण व्यवसायलाई मर्यादित र राष्ट्रि विकासको एक हिस्साको रुपमा स्थापित गर्ने लक्ष्यका साथ महासंघका अध्यक्षलाई ल्याउन लागिएको न्यौपानेको भनाई छ । निर्माण व्यवसायि महासंघ छाता संगठन भएपनि जिल्लामा स्वायत्तता छ संघका निवर्तमान अध्यक्ष बालसिं काउछाले भने विद्यानमा एकरुपता र यस ब्यवसायलाई अझ मर्यादित बनाउदै लैजाने छौ । ”
गुल्मीका निर्माण व्यवसायिहरुलाई २०५१ सालदेखि संगठित गर्ने प्रयत्न भएपनि २०५४ सालबाट २०६५ सम्म काउछा नै अध्यक्ष रहदै आएका थिए । २०६५ माघ २५ र २६ को अधिबेशनले न्यौ
पानेलाई अध्यक्षमा निर्वाचित गरेको थियो । जिल्लामा अहिले ५० जना निर्माण व्यवसायि रहेका छन् । त्यस मध्य केशरी भण्डारी एक मात्र महिला कार्य समिति सहित ३ जना मात्र महिला निर्माण ब्यवसायी रहेका छन् । जिल्लामा वर्षेनी १ अर्ब भन्दा बढीको विकास निर्माण हुने भएपनि पाल्पाका ब्यवसायिहरुको एकाधिकारका कारण गुल्मेली निर्माण व्यवसायिहरुले खानेपानी, सिँचाई लगाएतको सानोतिनो काम मात्रै गर्नुपरेको पदाधिकारीहरुको गुनासो थियो । गत वर्ष जिल्लामा सरदर १ अर्ब १५ करोडको विकास निर्माणको टेण्डर भयो अध्यक्ष न्यौपानेले भने, "यस जिल्लाका व्यवसायिहरुले करिब २५ करोडको मात्रै काम पाए । हाइकपिीबाट टेण्डर पाल्पाबाटै पेश गर्नुपर्ने भएका कारण धेरैजस्तो ठेक्का उतैका व्यवसायिले लिने र सडक तथा भवनको डिभिजन कार्यालय पाल्पाले नै गर्ने भएका कारण गुल्मीका व्यवसायिहरु मर्कामा परेको उनीहरुको कथन थियो ।
पाल्पासँग ठूलो संघर्ष पश्चात् गत २ वर्ष यता मात्रै वास्तविक रुपमा निर्माण व्यवसायि बन्दै आएको काउछाले बताए । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष गणेशबहादुर तन्डामी, सचिव नारायण पोखरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सम्मेलन समिति सदस्य प्रेम सुनार लगाएतको आथित्यता थियो ।
अध्यक्ष न्यौपानेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सहसचिव हरीकुमार श्रेष्ठले गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग