Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जापानमा रहेका वामीबासीहरुले साँस्कृतिक कार्यक्रम गर्ने

Published on 10:15:00 PM //


टोकियो । जापानमा रहेका गुल्मी जिल्लाको वामी क्षेत्रका नेपालीहरुको सँस्था वामी सेवा समिति जापानले आउँदो नयाँ बर्ष २०१३ मा नेपालका चर्चित कलकारहरुको बिशेष प्रस्तुती रहेको बृहत साँगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कुरा सो सँस्थाका वरिष्ठ सल्लाहकार रोशन केसीले बताउनुभएको हो ।
सो क्षेत्रको स्वास्थ्य, शिक्षा र यातायातमा सक्दो सहयोग गर्ने उद्देश्यले उक्त साँगीतिक कार्यक्रमको आयोजना गरिएको र कार्यक्रमका लागि नेपालका ख्यातीप्राप्त कलाकारहरु सत्यराज र स्वरुपराज आचार्यलाई आमन्त्रित गरिएको बताईएको छ ।
नयाँ बर्ष २०१३ को उपलक्षमा आगामी जनवरी १ का दिन अपरान्ह ३ बजेदेखि इकेगामी खाईकानमा हुन गईरहेको नयाँ बर्षको धमाकेदार साँगीतिक कार्यक्रममा उपस्थित भईदिन पनि वामेली सेवा समिति जापानले हार्दिक आह्वान गरेको छ । सो अवसरमा सँस्थाको अधिवेशनसमेत सम्पन्न गरिने छ भने सँस्थाद्वारा प्रकाशन हुन गईरहेको स्मारिका सन्देश को पनि विमोचन गरिने भएको छ ।
-नेपाल जापान डट कम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग