Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१३ जना विद्यार्थीका लागि तीनजना शिक्षक

Published on 10:31:00 PM //


विष्णु पौडेल
गुल्मी, असोज २३ । १२ वर्षदेखि शिक्षकको दरबन्दी मिलान हुन नसक्दा गुल्मीका अधिकांश विद्यालयमा विद्यार्थीको चापअनुरूप शिक्षक छैनन् । दरबन्दी मिलान हुन नसक्दा जिल्लाका कतिपय विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा धेरै शिक्षक छन् भने केही विद्यालयमा न्यून शिक्षक छन् । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने हँसरा गाविस वडा नं. ६ खोरापाटामा रहेको ग्राम विकास प्राथमिक विद्यालयमा १३ जना विद्यार्थीका लागि तीनजना शिक्षक छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा नौजना कक्षा ५ सम्म र बालविकासमा चारजना विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर थापाले जानकारी दिए । ‘शैक्षिक गुणस्तर भन्दै धेरैजना बाहिर जान्छन्, प्रअ थापाले भने, ‘पहिला कक्षा ३ सम्म पढाइ हुँदा पनि ८० भन्दा धेरै विद्यार्थी हुन्थे ।’ गत वर्ष नै जिल्ला शिक्षा कार्यालय गुल्मीले विद्यार्थी संख्या कम भएका ४६ विद्यालय गाभ्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । केही दिनअघि मात्रै बसेको दरबन्दी मिलान कार्यदलको वैठकले तत्कालै दरवन्दि मिलान गर्ने निर्णय गरेकाले केही दिनमै दरवन्दि मिलान प्रकृया शुरु हुने जिल्ला शिक्षा कार्यालयका उपसचिव भोज वहादुर केसीले वताए । ‘हामीले प्रत्येक विद्यालयको तत्थ्याङ्क केलाएर दरवन्दी मिलानको निर्णय गरेका छौँ, केसीले भने, ‘पायक पर्ने विद्यालयहरुलाई हेरेर दरवन्दी मिलान गर्छौँ ।’ ग्रामिण भेगमा गुणस्तरीय शिक्षा अभावका कारण आर्थिक अवस्था राम्रो हुने व्यक्तिहरुले आफ्नो वालवच्चाहरु स्तरीय विद्यालयमा अध्यापन गराउने चलनले गर्दा गाउँका अधिकांश सरकारी विद्यालयहरु क्रमिक रुपले विद्यार्थी विहीन हुन थालेको जिल्ला शिक्षा अधिकारी गोविन्द्र प्रसाद अर्यालले वताए । ग्रामविकास प्राथमिक विद्यालय रहेको खोरापाटामा गाउँमा जम्मा २० घर रहेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग