Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरमै पुगेर बाँदरले मान्छे पिट्न लाग्यो, गाउँले त्रसित

Published on 10:38:00 PM //


रविलाल पौडेल
कुर्घा, असौज २४ । गुल्मीको कुर्घा तथा वामीमा खेतीबाली खाएर हैरान पारेको बाँदरले मान्छे लाई नै पिट्न थालेपछि स्थानीय बासिन्दाहरु आतंकित बनेका छन् । पहिला पहिला मान्छेसँग डराएर भाग्ने बाँदरले आहिले भने मान्छेलाई नै झम्टिने अनि कोपर्ने गरेपछि गाउलेहरु त्रसित बनेका हुन् । गएको एक हप्तामा मात्र बाँदरले महिला र केटाकेटी गरी सात जनालाई आक्रमण गरेको छ । ति सात जना मध्य चार जनालाई स्वास्थ्य चौकी नै जानु परेको थियो ।
बाँदर ले घरमै आएर आक्रमण गर्न लागेपछि गाउँले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका छन् । बन कार्यालय संग समन्वय गरि आवस्यक कदम चाल्ने प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताए

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग