Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भेटिएको मानव अस्थिपञ्जरको पहिचान खुल्यो, परिवारलाई हस्तान्तरण

Published on 7:40:00 PM //


पि.एम.मगर
गुल्मी, कार्तिक ४ । गुल्मी र वाग्लुङ्ग जिल्लाको सिमानामा पर्ने उर्लेनी वनमा भेटिएको महिलाको अस्थिपञ्जरको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीवाट प्रहरी निरीक्षक रविन विष्टको नेतृत्वमा गएको प्रहरी टोली र वामी प्रहरी टोलीले अनुसन्धान गरी अस्थिपञ्जरको पहिचान पश्चात आफन्तलाई वुझाईएको हो ।
उक्त अस्थिपञ्जर गुल्मीको बिशुखर्क गाविस वार्ड नं. ७ की ६२ वर्षीया वल्लवा गौतमको रहेको प्रहरीले जनाएको छ ।
अस्थिपञ्जरसँगै रहेको कपडाको आधारमा परिवारजनले चिनेपछि पहिचान खुलेको हो। सामान्य मानसिक सन्तुलन समेत गुमाएकी गौतम गत भाद्र २७ गते साँझ घर परिवारमा कसैलाई जानकारी नदिई हिडेकी र घर परिवारले गौतमको खोजी कार्यका लागि प्रहरी, प्रशासन तथा सञ्चार माध्यममा समेत जानकारी गराएपनि तत्काल फेला पर्न सकेकी थिइनन। हिजो शुक्रवार विहान दशैको समयमा वाटो सरसफाई गर्ने क्रममा स्थानीयले कपडा सहित अस्थिपञ्जर फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । सालिमे दहदेखि ५ किलोमिटर पुर्व अर्लाङ्गकोट गाविस, दिव्रुङ्ग गाविस र काँडेवास गाविस जोडिने उर्लेनी वनमा वाटोदेखि नजिकै गौतमको अस्थिपञ्जर फेला परेको थियो। अस्थिपञ्जरलाई गौतमका श्रीमान पिताम्वर गौतम, छोरी सिता पौडेल र ज्वाई नेत्र पौडेललाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग