Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासकै एक घरबाट २२ तोला सुन र नगद चोरी

Published on 6:22:00 AM //


घनश्याम गौतम
गुल्मी, १३ कात्तिक । दशैंका बेला घरमा लगाएको ताला फोरेर तम्घास खानीगाउँको एक घरबाट २२ तोला सुन र २५ हजार नगद चोरी भएको छ ।
तम्घास गाविस, ५ खानीगाउँको ब्रिटिस गोर्खा वेलफेयर क्याम्प नजिकैको भुमा रानाको घरमा ताला फोरेर अज्ञात समुहले सुन र नगद चोरी गरेको हो । भुमाकै घरमा डेरा गरी बस्ने उनकी बहिनी देवी राना र भुमा रानाको कोठा फोरेर चोरी भएको प्रहरीले जनाएको छ । दशैं मान्न सबै गाउँका घरमा गएको मौका छोपेर देवी रानाको बन्दै गरेको नयाँ घरबाट भुमाको घरको छतमा गएर छतको ढोका फोरेर दुई छुट्टाछुट्टै कोठामा रहेको गहना र नगद चोरी भएको प्रहरी निरिक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भएको छ । दशैंमा धेरै दिन घर बन्द रहेकाले कहिले चोरी भएको भन्ने जानकारी नभएपनि अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले बताउनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग