Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चालक कुट्नेले डेढ लाख तिरे

Published on 1:44:00 AM //

गुल्मी, १२ कात्तिक
हस्तिचौरमा जिपका चालक कुट्ने एमाले गाउँ समिति अध्यक्ष राम मल्ल ठकुरी लगायतले डेढ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका छन् ।
ठकुरीलगायत सातजनाले एक लाख ३० हजार जरिवाना तिरेको गुल्मी यातायात व्यवसायी समितिका सदस्य पदम विष्टले बताए । उनले भने, 'चारदिनको चलानी, एक तोला २५ लालको सुनको सिक्री र नगद लुटिएकाले सोको क्षतिपूर्तिवापत् एक लाख ३० हजार क्षतिपूर्ति तिरे ।'
ठकुरीको समूहले शनिबार तम्घासबाट मुसिकोटतर्फ जाँदै गरेको लु.१ज १९५४ नम्बरको जिपका चालक कमल भन्ने रेसु बुढा र सहचालक अशोकलाई बडागाउँको भञ्ज्याङ जंगलमा जिपमै बाँधेर कुटेका थिए । जिपले हस्तिचौरको रातचौरमा एक बालकको खुट्टा च्यापेको भन्दै कुटपिट गरेको चालक बुढाले बताए ।
जिपको ठक्करबाट सोही दिन हस्तिचौर-७ रात्ाचौरका अनन्तबहादुर मुखियाका ६ वषर्ीय छोरा नवीन घाइते भएका थिए । उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको प्रहरी निरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए । 'ड्राइभरले दुर्घटना भयो भनेर जानकारी गराउँदा गराउँदै कुटिएकाले कुट्नेहरूले क्षतिपूर्ति तिरे,' बस्नेतले भने । घाइते बालकको भने चालकले नै पाल्पामा उपचार गराइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
उता धुर्कोट रजस्थलमा शुक्रबार राति जाँड खाएर स्थानीय युवाले कुट्दा जिपचालकको खुट्टा भाँचिएको छ । धुर्कोट रजस्थल-७ किमुखर्कका कमल कार्कीलगायतको कुटाइबाट जिपचालक तीर्थ घिमिरेको खुट्टा भाँचिएको हो ।
तम्घासबाट वाग्लातर्फ जाँदै गरको लु.१ज १६९२ नम्बरको जिपलाई उकालोमा रोकेर चालक घिमिरे, सहचालकहरू कृष्ण सराङ्कोटी तथा दुर्गा घर्तीलाई कुटपिट गरेका थिए । घाइते चालकको खुट्टा भाँचिएको गुल्मी यातायात व्यवसायी समितिका सदस्य पदम विष्टले बताए । 'चालकको खुट्टा भाँचिएको छ, उनको खुट्टाको हड्डी चर्किएकाले रेसुंगा अस्पतालमा उपचार भइरहेको छ, अरू सामान्य घाइते छन्,' उनले भने ।

यो पनि पढौँ - सम्बन्धित समाचार

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग