Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी रुद्रवेणी सडक अझै संचालनमा आउन सकेन

Published on 12:42:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ११ कात्तिक । हिजो (विहिवार) विहानदेखि अवरुद्ध वनेको गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड अझै संचालनमा आउन सकेको छैन । रिडी रुद्रवेणी सडक खण्ड अन्तर्गत रुरु गाविस ३ पुलक्याम नजिकै सडक माथिवाट पहिरो संगै खसेको ढुङ्गाका कारण उक्त सडक हिजो विहानदेखि अवरुद्ध वनेको हो । सडक सुचारु गर्नका लागि अहिले दुईवटा डोजर लगाई पहिरो हटाउने काम भैरहे पनि सडकमा रहेको ठुलो ढुंङ्गा पन्छाउन समस्या परेकोे ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक विनीमादेव पौडेलले जानकारी दिनु भएको छ । गुल्मी जिल्लामा सवै भन्दा बढी यातायातका साधनहरु संचालन हुने अति व्यस्त सडक अवरुद्ध वनेपछि अहिले रिडीदेखि वाग्लुङ्गको वुर्तिवाङ् सम्म जाने त्यस क्षेत्रका सयौं यात्रु र सवारी साधनहरु विच वाटोमै अलपत्र परेका छन्

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग