Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी रुद्रवेणी सडक ३२ घण्टा पछी सुचारु

Published on 6:29:00 PM //

जनार्दन घिमिरे
गुल्मी १० कात्तिक । हिजो (विहिवार) विहानदेखि अवरुद्ध वनेको गुल्मीको रिडी रुद्रवेणी सडक ३२ घण्टापछि संचालनमा आएको छ । रिडी रुद्रवेणी सडक खण्ड अन्तर्गत रुरु गाविस ३ पुलक्याम नजिकै सडक माथिवाट पहिरो संगै खसेको ढुङ्गाका कारण उक्त सडक हिजोदेखी अवरुद्ध वनेको हो । सडक सुचारु गर्नका लागि दुईवटा डोजर लगाई सडकमा रहेको ढुंङ्गा हटाएपछि सडक शुचारु भएको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक विनीमादेव पौडेलले जानकारी दिनु भएको छ । गुल्मी जिल्लामा सवै भन्दा वढी यातायातका साधनहरु संचालन हुने अति व्यस्त सडक अवरुद्ध वनेपछि रिडीदेखि वाग्लुङ्गको वुर्तिवाङ् सम्म जाने त्यस क्षेत्रका सयौं यात्रु र सवारी साधनहरु विच वाटोमै अलपत्र परेका थिए । सडक शुचारु भएपछि विच वाटोमा अलपत्र परेका यात्रुहरु अहिले आआफ्नो गन्तव्यमा लागेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग