Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशै कार्यक्रमबाट फर्केकाहरु माथी आक्रमण, आधा दर्जन बढी घाइते

Published on 4:09:00 AM //


प्रेम सुनार
गुल्मी, १२ कार्तिक । गुल्मीको बलेटक्सार स्थित एक विद्यालयमा भएको दशैँ विशेष कार्यक्रम गरेर फर्किने अवस्थामा स्थानीय केही युवाहरुले आक्रमण गर्दा आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।
बलेटक्सार २ स्थित हरी स्मृती प्राथमिक विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा बलेटक्सार १ का शिवप्रसाद घर्ति, श्रीप्रसाद घर्ति, रमेश पचभैया लगाएतका युवाहरुको आक्रमणबाट शंकर ज्ञवाली, अर्जुन ज्ञवाली, कविता ज्ञवाली, मोहन ज्ञवाली, केशव ज्ञवाली, सुमित्रा ज्ञवाली, यदु ज्ञवाली लगाएत घाइते भएको श्रृङ्गा प्रहरी चौकीले जनाएको छ ।
आक्रमण गर्ने चारजना विरुद्ध किटानी जाहेरी परेको त्यसमध्ये श्रीप्रसाद घर्ति र रमेश पचभैयालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चलान गरिएको श्रृङ्गा प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक पिताम्बर सापकोटाले जानकारी दिए ।
त्यो समूहले विगतमा पनि उक्त स्थानको कार्यक्रम विथोल्न निहूँ खोज्दै आएको र आफूहरु फर्किने क्रममा विनाकारण एक्कासी आक्रमण गरेको यदु ज्ञवालीले बताए । आक्रोशित उनीहरुले सँगै हिडेका दिदी बहिनी भाउजु माथि समेत हातपात गरेको र सुन्तला, केराको बोट समेत काटेको बताइएको छ । आरोपितसँग भने सम्पर्क हुन सकेन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग