Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

४८ वर्षपछि घरपरिवारसँग घरमा दशै मनाए विकले

Published on 11:28:00 PM //


प्रेम सुनार
कार्तिक १२, गुल्मी । बालापनमै कोठीको नोकरी गर्न भारत पसेका उनि मर्दो ज्युँदो थाह थिएन । केहि महिना अघि टुप्लुक्क घर आईपुगेका उनी अर्थात हस्तीचौर चाङ्गघाटका विरसिंह विकले यसपालिको दशै ४८ वर्षपछि परिवारका साथ मनाए । बावुआमा बषौंदेखि छोराको बाटो हेर्दा हेर्दै स्वर्गेवास भए । आएपछि काजकृया गरेका उनले टिका त आदान प्रदान गर्न पाएनन् तर खानपिन र राम रमिताको रौनकसँगै भने परिवार र पुराना दौतरीहरुसंग रमाए । विक त भारत गएर ४८ वर्षपछि घरमा दशैँ मनाए तर आफ्नै देशलाई मुग्लान बनाएर दशैमा घर नआउने पनि रहेछन् । काठमाण्डौमा सरकारी जागिर गरेको बताउने मुसिकोट रातचौरका लालबहादुर केसी १४ वर्षपछि दशैँ मान्न घर आए । त्यो पनि उनि टिकाको अर्को दिन हतार हतार फर्किए । यहाँबाट काठमाण्डौ, बुटवल लगायतका शहरमा रहेर पनि दशैमा घर नआउने थुप्रै छन् । श्रीमती शहरमा राख्ने उतै अन्य ब्यवसाय पनि गर्ने र भरसक बुढा बुढीहरुलाई शहरमै बोलाएर टिका थाप्ने नत्र बाबुआमा बिनै पनि दशैँ मान्नेहरु पनि हाम्रो समाजमा थुप्रै भेटिन थालेका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग