Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीन हजार बढीलाई टिका लगाईदिने बृद्धबृद्धलाई सम्मान

Published on 5:53:00 PM //


भरत पाण्डेय
गुल्मी, ९ कार्तिक । बडादँशैको समयमा गाउँमा सबैभन्दा धेरै टिका लगाईदिने बृद्धबृद्धालाई सेवा सञ्चार गुल्मीले सम्मान गरेको छ । एकैदिनमा ३५ सय जना भन्दा बढीलाई टिका लागाईदिने छापहिले का ९६ वर्षिय गंगाराम अर्याल र ईश्मा दोहाली ७ निवासी ८६ वर्षकी विष्णु कुमारी थापालाई संस्थाले सम्मान गरेको हो । बुढापाकाहरुकहाँ टिका लगाई आशिष थाप्ने प्रचलन रहेको भएपनि गाउँमा लामो समय बाँचेर आशिष दिनेहरु कम मात्र भएको भन्दै सेवा सञ्चारले सम्मान गरेको हो । अर्यालले बडादँशैमा एकैदिनमा ३ हजार जनालाई टिका लगाईदिनुभएको थियो भने थापाले पाँचसय भन्दा बढीलाई टिका लगाईदिनुभएको थियो ।
उहाँहरुलाई सेवा सञ्चारीका समुह लुम्बिनी अंचल सदस्य तथा नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य गगनशिला खड्काले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । ज्येष्ठ नागरीक हाम्रा ईतिहासका साक्षी रहेकोले उहाँहरुबाट लिएको सुझाव भविष्यको लागी राम्रो मार्गदर्शन बन्ने भएकोले उहाँहरुबाट धेरै कुरा सिक्नु पर्ने खड्काले बताउनुभयो । ज्येष्ठ नागरीकबाट टिका लगाउने भन्दै गाउँलेहरु टिका थाप्न आउँदा १० हजार रुपैयाँ भन्दा बढी खर्च भएको गंगाराम अर्यालका छोरा शिवलाल अर्यालले बताउनुभयो ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग