Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी रुद्रवेणी सडक अवरुद्ध

Published on 5:51:00 PM //


जनार्दन घिमिरे
गुल्मी ३ कात्तिक । सडक माथिवाट पहिरो खसेका कारण आज बिहानदेखि गुल्मीको रिडी-रुद्रवेणी सडक खण्ड अवरुद्ध वनेको छ । रिडी-रुद्रवेणी सडक खण्ड अन्तर्गत रुरु गाविस ३ पुलक्याम नजिकै सडक माथिवाट पहिरो संगै खसेको ढुङ्गाका कारण उक्त सडक अवरुद्ध वनेको हो । सडक सुचारु गर्नका लागि पहल भैरहे पनि सडकमा खसेको ढुङ्गा ठूलो भएका कारण आज सडक सुचारु हुन सक्ने सम्भावना नरहेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक विनीमादेव पौडेलले जानकारी दिनु भएको छ । सडक अवरुद्ध वनेपछि अहिले त्यस क्षेत्रका सयौं यात्रु र सवारी साधनहरु विचवाटोमै अलपत्र परेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग