Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारमा पनि दशै मनाईयो

Published on 10:31:00 AM //


कुमार अबिरल,
दोहा, कार्तिक ९ । हिन्दूहरुको महान चाड बडादसैँको दिन कतारमा पनि टिका तथा जमरा लगाई हर्षोल्लासका साथ दशैँ सम्पन भएको छ। प्रवासमा रहेका नेपालीहरुका लागि पनि यसपालिको दसैं निकै नै राम्रो बन्यो । प्रवासमै भए पनि सम्पूर्ण नेपाली साथीहरु मिलेर एक अर्कामा सदभाव तथा शुभकामना आदन प्रदान गरी टिका एवम जमरा लगाएर खुशी साथ बिजया दशमी पर्व सम्पन्न गरियो । दिनभरको काम र ब्यस्तता पश्चात बिभिन्न नेपाली परिकारहरुका साथमा बेलुका एक आपसमा टिका जमरा लगाउदै दशैँ मनाउँदा आफुहरु प्रवासमा नभएको अनुभव गर्दै थिए थुप्रै कतारनासी नेपालीहरु । हरेक वर्ष आउने हिन्दूहरुको महान पर्व बिजया दशमी मात्र नभै नेपालीहरुका सबै चाड पर्वहरु यसै गरी मनाउदै आइएको र देश बिदेश जहाँ रहे पनि नेपालीहरु आफ्नो कला, धर्म, संस्कृतिको जगेर्ना गर्न एकजुट भएर लाग्ने गरेका छन । दसैंको समाप्ती सँगै आउने अर्को ठुलो चाड शुभ दिपावली पनि धुमधामका साथ मनाउने तयारी हुँदै छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग