Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विकासमा राजनैतिक खिचातानीले गाउँ विग्रीयो ः पूर्व सभाषद् थापा

Published on 5:43:00 PM //

भरत पाण्डेय
गुल्मी ११ कार्तिक । गाउँका विकासका काममा राजनिती गरीँदा विकासका काम भताभुङ्ग भएको एकीकृत नेकपा माओवादीका नेता चन्द्र बहादुर थापा सागरले बताउनुभएको छ । गाउँको बिकासका लागी एक दलले अगुवाई गरेमा अर्को दलका नेताले विरोध गर्ने गरेर नेताहरुले नै विकाशका काममा खिचातानी गर्दा गाउँको विकाश प्रभावित भएको बताउनुभयो । गाउँमा विकाशका काममा नकारात्मक असर परेको बताउनुभयो । ‘सबै मिलेर गरे पो आएको बजेटको पनि सहि सदुपयोग हुन्छ, एक पार्टिले विकाशका काममा अगुवाई ग¥यो भने अर्कोले विरोध गरेर हिँड्ने प्रबृत्तिले काम लथालिङ्ग हुन्छ – गुल्मीको धुर्कोट रजस्थलबाट हाडहाडे जोड्ने मोटरबाटोको उद्घाटन गर्दे उहाँले भन्नुभयो – एउटाले बाटो निर्माणमा अगुवाई गरे अर्को नेताले लौ बाटो बनाएर भूक्षय हुन्छ भन्ने, अनि अर्कोले पँधेरो बनाए फेरी एउटाले लौ धारा नबनाएर पँधेरा बनायो भन्ने प्रबृत्तिले गाउँलाई सखाप पा¥यो ।’

उहाँले राजनिती गर्ने बेला चुनावमा मात्र भएकोले नेताहरुले विकाशका काम गर्न जाँदा म यो पार्टि र उ पार्टिको नभनि निश्पक्ष भएर देखिनुपर्ने धारणा राख्नुभयो । ‘ विकाशका काम हुँदा यो गाउँका लागी बजेट पार्ने म फलानो पार्टिको नेता हुँ नभनेर म अहिले कुनै पार्टिको नेताको तर्फबाट होईन, जनताको प्रतिनिधी हुँ भन्ने तरीकाले प्रस्तुत हुनुपर्छ – थापाले भन्नुभयो – म यो पार्टिको उ पार्टिको भन्ने बेला त चुनाप पो हो त ।’

उहाँले विकाशका काममा राजनिती गर्दा कतै अनावस्यक ठाउँमा बाटो खनेर रकम दुरुपयोग हुने र आवस्यक ठाउँमा जनताले ऋण लगाएर बाटो खन्नुपर्ने अबस्था आएकोले त्यस्तो काम नगर्न जिल्लास्थित आफ्ना नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग