Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनाका घाईते एकको मृत्यु

Published on 5:20:00 PM //


प्रेम सुनार
असौज ११, गुल्मी । केहि दिन अघि गुल्मीमा भएको जिप दुर्घटनाका घाईते एकको आज उपचारका क्रममा भरतपुरमा मृत्यु भएको छ । असौज ७ गते दिउँसो गुल्मी क्षेत्र नम्वर १ को पुर्तिघाट १ को पादीखोलामा लु.१ ज.२०७१ नम्वरको जिप दुर्घटना हुँदा घाईते भएका खड्गकोट गाविस वडा नम्वर २ का २४ वर्षिय थानेस्वर सुवेदी शर्माको मृत्यु भएको हो । उनको आज दिउँसो साढे एक बजे भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सेतीवेणीबाट पुर्तिघाटतर्फ जादै गरेको उक्त जिप दुर्घटना हुँदा १३ जना घाईते भएका थिए । घाईते अन्यको विभिन्न अस्पतालमा उपचार भईरहेको र केहि सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग