Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पराल्मीको यसपालीको मकैखेती बाँदरलाई

Published on 7:39:00 PM //

 प्रेम सुनार
गुल्मी १८ असोज । रेसुङ्गा लेकको काख र साउने बनको कोखमा अवस्थित पराल्मी गाविसका कृषकहरुको यसपालीको मकैखेती धेरैजसो बाँदरको आहरा बनेको छ । खान त बाँदरले पहिलादेखि खान्थ्यो तर यसपाली त स्याहार्नै नपर्ने गरी सखाप पा¥यो – ग्रामिण उत्थान आमा समूह पराल्मीकी अध्यक्ष धनकला पोखरेलले भनिन् – यसपाली पराल्मीमा चाँडै अनिकाल पर्ने भयो ।
अलिकति बँचे खुचेको स्याहारेर घरभित्र झुण्ड्याएका मकैका झौँता समेत निकालेर बाँदरले सकेको उनले बताईन् । पराल्मी १ देखि ५ सम्मका कृषकहरुको यसपालीको मकै र हाल रोपिएको तोरी, गहुँ, आलु लगायतको हिउँदेखेती समेत स्याहार्न नपर्ने अबस्था सृजना भएको नेकपा एमाले पराल्मीका अध्यक्ष मुक्तिनाथ पोखरेलले बताए । उनले पराल्मीका जनताले बाँदरबाट मुक्ति पाउने उपायको सम्बन्धित निकायले खोजीगरीदिन आग्रह समेत गरेका छन् । पराली गाविस केही बाहेक अधिकाँश गरीव बस्ती हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग