Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झण्डै आधा करोडको लगानिमा तम्घासमा खुल्यो सुविधासम्पन्न होटेल

Published on 9:55:00 PM //

प्रेम सुनार
गुल्मी, १३ कार्तिक । पर्यटकहरु गुल्मी घुम्न आउँदा सुविधासम्पन्न होटलको अभावमा पाल्पातर्फ फर्किनुपर्ने समस्या अव समाधान भएको छ । दुई यूवाहरुले अत्याधुनिक सुविधासम्पन्न होटल खोलेपछि यो समस्या समाधान भएको हो । यहाँका धनाड्यहरुले ठूला शहर र विदेशतिर लगानी गरेर उतै व्याबसाय सञ्चालन गरीरहेको बेला तम्घासमा अध्ययनरत सामान्य परीवारका यूवा सुदर्शन खनाल र सन्तोष पन्थीले पहिलोपटक अत्याधुनिक सुविधासहितको होटल मझेरी खोलेका हुन् ।
यहाँको पर्यटन प्रवद्र्धनका लागी अहिलेसम्म तम्घासमै नभएको सुविधानसम्पन्न होटलमा डाईनिङ्ग हल, रेष्टूरेष्ट, सेमिनार हल, पार्किङ्ग सुविधान, वेटिङ्ग रुम, सहित सुविधान सम्पन्न १२ वटा बेडरुम रहेका छन् । बेडरुममा अटेच बाथरुम, तातोचिसोपानी, मेट्रेस, टिभी, पलङ्ग, ईमेल ईन्टरनेट सुविधान समेत रहेको छ ।
आज उच्च सुविधासम्पन्न सजावट हेर्नेहरुको घुईँचो लागेको छ । ‘यस्तो त काठमाण्डौ र ठूला शहरमा मात्रै देख्थ्यौँ, – महिलानेतृ विष्णु सापकोटाले भनिन् – हाम्रो जिल्लाका लागी यो त पाँचतारे जत्तिकै हो ।’ करीव आधा करोडको लगानीमा सञ्चालन गरीएको होटलमा चाईनिज, नेपाली, ईण्डियन र साउथ ईण्डियन लगायत अन्य कण्टिलिजेण्ट परीकारको खाना पाईने प्रबन्धक सुदर्शन खनालले बताए ।
स्नातक पढ्दै गरेका सुदर्शन र सन्तोषले पैसा कमाउनका लागी ठूला ठूला शहर वा विदेश ताक्नु भन्दा पर्यटकको अत्याधिक सम्भावना रहेको गुल्मीमा सुविधानसम्पन्न होटलको आवस्यकता देखि यो व्याबसाय शुरु गरेको बताए ।
शुरुवाती दौरानमा माथिल्लो निकायका पदाधिकारीहरुलाई लक्षित गरीएपनि विदेशी पर्यटकहरुलाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको उनीहरुले बताए । प्रति कोठा २४ घण्टाको एक हजार देखि १२ सय रुपैयाँसम्म शुल्क रहेको छ । यो जिल्लामै सबैभन्दा महंगो र सुविधासम्पन्न हो । यूवाहरुको यो शुरुवातलाई स्थानिय समाजसेवीले महत्वाकाँक्षी भएको टिप्पणी गरेका छन् । तम्घासको क्याम्पसरोडमा रहेको मझेरी होटलको छतबाट पूर्व रेसुङ्गाको लेक, पश्चिम अर्जुनडाँडा र उत्तरपूर्व तर्फ हिमशिखरहरु नियाल्न सक्छन् पर्यटकहरुले ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग