Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमेरिका लैजान्छु भन्दै ५ करोड ठग्ने ‘स्वामी’ गुल्मीबाट पक्राउ

Published on 11:48:00 PM //

पक्राउ परेका कथित स्वामी । तस्बिर: तारा भुषाल

यो पनि पढौँ:
गुल्मीबाट यसरी समातियो करोडौँ ठग्ने "स्वामी" (भिडियो रिपोर्ट)


घनश्याम गौतम
गुल्मी– प्रहरीको मोष्ट वाण्टेड सुचिमा रहेका स्वामी विष्णु प्रपन्नाचार्य बिष्णु भण्डारीलाई जिल्ला प्रहरीले मंगलबार तम्घासबाट पक्राउ गरेको छ ।
भण्डारीले गेरुबस्त्र धारण गरी अमेरिकामा हुने धार्मिक अनुष्ठानमा लैजाने भन्दै करोडौं ठगी गर्दै आएको आरोप छ । धुर्कोटबस्तु–१ छिलिम्पे निवासी भण्डारी बैदेशिक रोजगारीको ठगी अभियोगमा प्रहरीको मष्ट वाण्टेड सुचिमा थिए ।
बुधवार देखि तम्घासमा हुन लागेको महायज्ञको मण्डप अवलोकन गर्न पुगेका भण्डारीलाई प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेको टोलीले पक्राउ गरेको हो । भण्डारी आफ्नै गाउँ धुर्कोट बस्तुबाट काठमाण्डौ जाने क्रममा तम्घास आएका थिए । बैदेशिक रोजगारी ठगी मुद्धामा भण्डारीलाई पक्राउ गरिएको र सोही मुद्धामा बैदेशिक रोजगार विभागमा थप अनुसन्धानका लागि पठाईने प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।
भण्डारीले सन् २०१३ अप्रिलमा अमेरिकामा हुन लागेको २९ महिने धार्मिक अनुष्ठानमा नेपालबाट १ सय ८ जनालाई अमेरिका लैजाने भन्दै प्रति व्यक्ति १ लाख रुपैंयाका दरले पेश्की रकम संकलनको अभियान चलाएका थिए । आयोजक संस्थालाई थप ५ लाख ५० हजार बुझाउनु पर्ने भन्दै भण्डारीले ठगी गर्ने गरेका थिए । प्रहरीले बैदेशिक रोजगारीका नाममा ठगी गरेका विभिन्न उजुरीका आधारमा भण्डारीलाई मोष्ट वाण्टेड सुचिमा राखिएको जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग